खो खो विश्वकपमा नेपालको दुवै टोली उपविजेता

खो खो विश्वकपमा नेपालको दुवै टोली उपविजेता
सुन्नुहोस्

काठमाडौं : भारतको नयाँदिल्लीमा पहिलो पटक आयोजना भएको खो खो विश्वकपमा नेपाल उपविजेता बनेको छ। नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार भएको फाइनलमा घरेलु टोली भारतसँग पराजित हुँदै नेपालको महिला र पुरुष टोली उपविजेता बनेको हो।

महिलातर्फको फाइनलमा नेपाल भारतसँग ७८–४० अंकले पराजित भएको थियो। सुरुवातदेखि नै अट्याकिङ खेल खेलेको भारतले त्यसैलाई निरन्तरता दिँदै पहिलो पटक आयोजना भएको विश्वकपको उपाधि जितेको हो। शनिबार भएको सेमिफाइनलमा युगान्डालाई ८९–१८ अंकले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो। 

नेपालले समूह चरणमा भुटानलाई ८३–२४, जर्मनीलाई ७३–३४, श्रीलंकालाई ११०–१० र बंगलादेशलाई ८३–२४ ले पाखा लगाउँदै अन्तिम आठमा स्थान बनाएको थियो। यस्तै क्वार्टरफाइनलमा इरानलाई १०३–८ अंकले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

यसैगरी पुरुषतर्फ पनि नेपाल उपविजेतामै सीमित भएको छ। आइतबार भएको फाइनलमा नेपाल भारतसँग ५४–३६ ले पराजित भएको हो। शनिबार भएको सेमिफाइनलमा इरानलाई ७२–२० अंकले पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको थियो। उद्घाटन खेलमै भारतसँग पराजित भए पनि त्यसपछि उत्कृष्ट प्रदर्शन गर्दै नेपाल समूह ‘ए’को उपविजेताका रुपमा क्वार्टरफाइनलमा पुगेको थियो। 

पहिलो खेलमा भारतसँग ४२–३७ ले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०–३४, तेस्रो खेलमा ब्राजिललाई १३४–८ र चौथो खेलमा भुटानलाई ९८–८ ले पराजित गरेको थियो। क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई ६७–१८ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो। विश्वकपमा पुरुषमा २० र महिलामा १९ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.