‘अजम्बरी माया’ भर्जिनियामा सार्वजनिक

भर्जिनिया : सुनिलमणि दाहालको लेखन र कम्पोजको नयाँ गीत अजम्बरी माया भर्जिनियामा सार्वजनिक भएको छ। लोकप्रिय गायक बिराज गौतमको सुमधुर आवाज र संगीत रहेको ‘अजम्बरी माया’ गीत भण्डार अमेरिकाले विशेष समारोहबीच सार्वजनिक गरेको हो।
जम्बरी मायाले गहिरो प्रेम र भावनालाई जीवन्त पार्ने प्रयास गरेको छ। यस गीतका लय, शब्द र संगीतले प्रेमिल मनहरूलाई छुने रहेका छन्।
गीत सार्वजनिक कार्यक्रममा संगीतप्रेमीहरूले गीतको रचनाको स्तरीयता र प्रस्तुतिलाई प्रशंसा गरे। कार्यक्रममा बोल्दै गीतका रचनाकार तथा संगीतकार दाहालले भने, ‘अजम्बरी माया केवल एउटा गीत मात्र होइन, यो प्रेम र जीवनको गहिरो भावनाको अभिव्यक्ति हो।’
गायक तथा संगीतकार गौतमले यो गीत गाउन पाउँदा गर्व महसुस भएको बताए। उनले थपे, ‘प्रिय सुनिलल मणि दाहालको उत्कृष्ट रचनामा गीत गाउन पाउँदा मलाई यो गीतमा नयाँ ऊर्जाको अनुभव गराएको छ।’
नेपाली समुदायका कलाकार, संगीतप्रेमी र स्थानीय व्यक्तित्वहरूले कार्यक्रममा सहभागिता जनाउँदै गीतको प्रशंसा गरेका थिए। कार्यक्रममा करिब २०० जनाको उपस्थिति थियो। गीत अब विभिन्न डिजिटल प्लेटफर्ममा उपलब्ध हुनेछ।
प्रतिक्रिया दिनुहोस !
