चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा साथीमाथि खुकुरी प्रहार, पाँचजना पक्राउ

धरान : सुनसरीको धरान उपमहानगरपालिका-१५ मा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । धरान सदन रोड बस्ने लालबहादुर राइका २१ वर्षीय छोरा रिजन राई गम्भीर घाइते भएका हुन्।
आफ्नै साथीहरूसँग बसेर चिया खाएको र पैसा तिर्ने विषयमा विवाद हुँदा रिजनमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए।
गम्भीर घाइते रिजनलाई प्रहरीले तत्काल उद्दार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको थियो। रिजनको टाउको, बायाँ कुम,बायाँ हातको हत्केला र कुहिना काटिएको अवस्था प्रहरीले भेटाएको डीएसपी तिमल्सिनाले बताए । उनको अस्पतालमा उपचार भइरहेको उनले बताए ।
कुटपिटमा संलग्न पाँचजनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान-१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान-८ का २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई र धरान-५ का २१ वर्षीय सुदिप तामाङलाइ पक्राउ गरिएको डीएसपी तिमल्सिनाले बताए ।
पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय धरानमा राखेर घटनाको अनुसन्धान थालिएको प्रहरी निरीक्षक दिवस कुवरले बताए ।
यसअघि समाचारमा अन्यथा भएकोमा सच्च्याइएको छ।-सम्पादक
प्रतिक्रिया दिनुहोस !
