बैंकहरुको निक्षेपको अनुपात बढेपनि कर्जा प्रवाह हुन सकेको छैन : अर्थमन्त्री

बैंकहरुको निक्षेपको अनुपात बढेपनि कर्जा प्रवाह हुन सकेको छैन : अर्थमन्त्री
फाइल तस्बिर
सुन्नुहोस्

अर्थमन्त्री पौडेले कृषि उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा बैंकहरूले लगानी गर्नुपर्नेमा जोड दिए।

काठमाडौं : उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बैंकहरूको कर्जा प्रवाहमा समस्या रहेको बताएका छन्। कृषि विकास बैंक लिमिटेडको ५८ औं वार्षिकउत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले बैंकहरुको निक्षेपको अनुपात बढेपनि कर्जा प्रवाह हुन नसकेको बताएका हुन्। अर्थमन्त्री पौडेले कृषि उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा बैंकहरूले लगानी गर्नुपर्नेमा जोड दिए। 

उनले बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध सुमधर हुन नसक्दा उद्देश्य हासिल हुन नसकेको बताए। उनले बैंकको क्षमता, सामर्थ्य  र प्रतिष्ठा पहिलो प्राथमिकतामा राखी कार्यसूची बनाई अगाडि बढ्न सबै कर्मचारीहरुलाई आग्रह गरे। बैंक प्रभावकारी रुपमा अगाडि बढ्दा समग्र  कर्मचारीकै प्रतिष्ठामा वृद्धि हुने उनको भनाई छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.