उद्घाटन भाषणमा ट्रम्पले भने : अमेरिकामा भर्खरै स्वर्ण युग सुरु भयो

मध्यपूर्वमा शान्ति स्थापनाकर्ताको भूमिका खेल्ने

उद्घाटन भाषणमा ट्रम्पले भने : अमेरिकामा भर्खरै स्वर्ण युग सुरु भयो
सुन्नुहोस्

वासिङटन डिसी : डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिएका छन्। ट्रम्पले आफ्नो उद्घाटन भाषणमा उनको विजय अमेरिकी जनताको आवाज भएको बताए। 

उनले अब अमेरिकामा स्वर्ण युग सुरु भएको उल्लेख गरे। उनले भने, ' अबको भविष्य हाम्रो हो। हाम्रो स्वर्ण युग भर्खरै सुरु भएको छ।'

उनले आफू राष्ट्रपति बनेर फेरि आउनुले कुनै पनि कुरा कहिल्यै असम्भव छ भनेर विश्वास गर्नु हुँदैन भन्ने प्रमाण दिएको बताएका छन्।

उनले भने, 'अमेरिकामा, असम्भवलाई सम्भव बनाउनु नै हाम्रो सर्वोत्तम प्रयास हो। हामी असफल हुने छैनौं। आजको दिनदेखि, अमेरिका एक  सार्वभौम र स्वतन्त्र राष्ट्र हुनेछ।'

आफ्नो भाषणमा ट्रम्पले विजय र सफलताको नयाँ उचाइ छुने बारेमा पनि कुरा गरे। उनले पानामा नहरको उल्लेख गर्दै भने, 'हामीले यो चीनलाई दिएका छैनौं। यसलाई फिर्ता लिने छौं।'

मध्यपूर्वमा शान्ति स्थापनाकर्ताको भूमिका खेल्ने

उनले आफ्नो उद्घाटन भाषणमा मध्य पूर्वसँग सम्बन्धित मुद्दाहरूको बारेमा पनि कुरा गरेका छन्। उनले मध्यपूर्वमा शान्ति स्थापनाकर्ता र एकताकारीको भूमिका खेल्ने बताए।

ट्रम्पले गाजामा हमासद्वारा बन्धक बनाइएका तीन इजरायली बन्धकहरूको पनि उल्लेख गरे। आइतबार सबै बन्धकहरूले आफ्ना परिवारलाई भेटेको बताए।

अमेरिकाले सम्पूर्ण विश्वलाई प्रेरणा दिने मात्र नभइ विश्वले यसको प्रशंसा पनि गर्ने उनले बताए।'अमेरिका पृथ्वीको सबैभन्दा महान, सबैभन्दा शक्तिशाली र सबैभन्दा सम्मानित राष्ट्रको रूपमा आफ्नो उचित स्थानमा फर्कनेछ,' ट्रम्पले भने। 

उनले चाँडै नै मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर अमेरिकाको खाडी राख्ने पनि उल्लेख गरेका छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.