सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा मधेसका ८ वटै जिल्लामा कम्बल वितरण

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडद्वारा मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल वितरण गर्ने कार्यक्रम रहेको छ।
उक्त कार्यक्रम अन्तर्गत यही पौष ०७ गते सोमबारका दिन पर्सा जिल्ला पकाहमैनपुर गाउँ पालिका वडा-४ मा विभिन्न वर्गका ७० जनालाई कम्मल वितरण गरियो ।
उक्त कार्यक्रममा वडा नं-४ का वडा अध्यक्ष भेडीप्रसाद यादव, नेपाल बीमा प्राधिकरण, मधेस प्रदेशका सहायक निर्देशक श्री रोशन महासेठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेस प्रदेश प्रमुख श्री निशान्त कुमार लामिछानेले , शाखा प्रमुख श्री संदिप सिंह ठकुरी, समाजसेवी श्री अयोध्या प्रसाद चौहानको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस !
