नेपालमा ब्रान्ड परामर्श सेवा प्रदान गर्न क्रियो र स्ट्राटेजी सेन्ट्रलबीच साझेदारी

नेपालमा ब्रान्ड परामर्श सेवा प्रदान गर्न क्रियो र स्ट्राटेजी सेन्ट्रलबीच साझेदारी
सुन्नुहोस्

काठमाडौं : नेपालमा ब्रान्ड र व्यापार परामर्श सेवाहरू प्रदान गर्नका लागि दक्षिण एशियाका दुई प्रमुख नामहरू, क्रियो र स्ट्राटेजी सेन्ट्रल (आउटरिच नेपाल र एडकोम  समूह, बंगलादेशको ब्रान्ड र स्ट्राटेजी परामर्शको भर्टिकल) ले साझेदारी गरेका छन्। 

बंगलादेश दूतावासका कार्यवाहक  मोहम्मद हुमायुन कबीर र नेपालको विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा विभान्त काठमाडौंमा आयोजित एक कार्यक्रममा साझेदारीको औपचारिक घोषणा गरिएको छ ।

दुबै कम्पनी मिलेर नेपाली ब्रान्डहरूलाई विश्वव्यापी ब्रान्डको प्रभुत्व भएको प्रतिस्पर्धात्मक परिदृश्यमा फस्टाउन सशक्त बनाउने लक्ष्य राखेका छन्। यस साझेदारीले घरेलु ब्रान्डहरूले सामना गर्ने प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न ,उनीहरूलाई दीर्घकालीन दिगोपन सुनिश्चित गर्न रणनीतिहरूको मार्गदर्शन दिनेछ ।

कार्यक्रममा स्ट्राटेजी सेन्ट्रलका अध्यक्ष र एडकोम : समूहका प्रबन्ध निर्देशक नजिम फरहान चौधरीले यस साझेदारीको महत्त्वलाई प्रकाश पारे। 'आजका क्लाइन्टहरूलाई विज्ञापन भन्दा बढी पनि अरु केही चाहिन्छ – उनीहरूलाई आफ्ना दर्शकहरूसँग अर्थपूर्ण योजनाहरू निर्माण गर्न रणनीतिहरू चाहिन्छ । यो मागलाई सम्बोधन गर्न स्ट्राटेजी सेन्ट्रलको स्थापना भएको थियो र क्रियोसँगको साझेदारीले नेपालमा हाम्रो विचार विस्तार गर्न महत्त्वपूर्ण भुमिका खेल्नेछ । '

नजिम फरहान एक प्रसिद्ध उद्यमी पनि हुन् जो प्रारम्भिक चरणको स्टार्टअप इकोसिस्टममा सक्रिय रूपमा संलग्न छन्। 

शार्क ट्याङ्क बंगलादेशमा शार्कको रूपमा उनको भूमिकाले उदीयमान व्यवसायहरूलाई समर्थन गर्ने उनको प्रतिबद्धतालाई जोड दिन्छ । उनले साझा गरे को यो साझेदारीले क्रियोका निर्देशक र आउटरिचका संस्थापक उजय शाक्यसँगको उनको लामो समयको सम्बन्धलाई पनि प्रतिबिम्बित गर्दछः 'घरेलु ब्रान्डहरू उचाइमा पु¥याउने हाम्रो साझा दृष्टिकोण दुई दशकभन्दा लामो समयदेखिको प्रयास हो र यसलाई आकार दिन पाउँदा म हर्षित छु। '

क्रियोका निर्देशक र आउटरिचका संस्थापक, उजय शाक्यले घरेलु ब्रान्डहरूलाई समर्थन गर्ने कुरामा जोड दिए। 'नेपाल एक युनिक मार्केट हो, तर स्थानीय ब्रान्डहरूले बहुराष्ट्रिय र क्षेत्रीय ब्रान्डहरूको कडा प्रतिस्पर्धाको बिचमा आफूलाई टिकाउन अक्सर सङ्घर्ष गर्नुपर्छ। यो साझेदारी नेपाली ब्रान्डहरू स्पष्ट, सरल र प्रभावकारी रणनीतिका साथ सफल हुन सहयोग गर्न हाम्रो प्रतिबद्धता हो ।'

साझेदारीले अर्को दुई वर्षको लागि महत्त्वाकाङ्क्षी लक्ष्यहरू सेट गर्दछ,मुख्य घरेलु ब्रान्डहरू र स्टार्ट–अपहरसँग सहकार्य गर्ने लक्ष्य राख्दै, तिनीहरूलाई बजारमा फस्टाउन रणनीति र ब्रान्डिङ सम्बन्धित सेवारू प्रदान गर्नेछ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.