टेक्सासको पशुपति मन्दिर निर्माणका लागि लाख डलर बढी सहयोग

टेक्सस : युलेसमा निर्माणाधीन बहुआयामिक महत्त्वको पशुपतिनाथ मन्दिर तथा बौद्व स्तुपाका लागि व्यवसायी नरेश राज पाण्डेले एक लाख ११ हजार अमेरिकी डलर सहयोग गरेका छन्।
वाल अफ अनर हुने क्रममा पाण्डेले यसअघि दान गरेको राशिमा थप दान रकम थप्दै एक लाख ११ हजार अमेरिकी डलर पुर्याएका हुन्। सो रकम दान गर्दै वाल अफ अनर बन्ने पाण्डे दोस्रो सहयोगी हुन्।
यसअघि, अर्का व्यवसायी शैलेन्द्र मानन्धर एक लाख बढी रकम दान गरी वाल अफ अनर बनिसकेका छन्। यहाँको नेपाली समुदाय सामुदायिक केन्द्रसहीत नमूना पशुपतिनाथ मन्दिर तथा बौद्व स्तुपा निर्माणमा जुटेको छ। सबैको सहयोग रहे परियोजना छिट्टै पूरा हुने विश्वास मन्दिरको बोर्ड अफ ट्रष्टीका अध्यक्ष डा. प्रेम अधिकारीले बताए।
प्रतिक्रिया दिनुहोस !
