सीप तथा भाषा नसिकी वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो

सीप तथा भाषा नसिकी वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो
सुन्नुहोस्

झापा : सीप, भाषा नसिकी तथा कानुनी परामर्श नलिइकन वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गइरहेको पाइएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले भद्रपुर नगरपालिकाका जनप्रतिनिधिहरूसँग गरेको सुरक्षित आप्रवासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क प्रस्तुत गरेसँगै यस्तो पाइएको हो । 

कोशी प्रदेशका १४ जिल्लामध्ये झापा जिल्लाबाट सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने गरेको तथ्याङ्कले देखाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका जिल्ला संयोजक शेखर बुढाथोकीले बताए । 

झापाबाट गत आर्थिक वर्षमा ६ हजार ५४६ महिलासहित ३४ हजार ३६२ जना वैदेशिक रोजगारीमा गएका छन् । रोजगारीमा जाने सबैभन्दा बढी मलेसिया लगायत खाडी मुलुकहरू कतार, साउदी अरब, दुबई गएको संयोजक बुढाथोकीले बताए । 

रोजगारीमा गएकामध्ये २० देखि २५ प्रतिशत मात्र नेपालीले सीप र भाषा सिकेर गएका हुन्छ । करिब १० प्रतिशतले मात्र कानुनी परामर्श लिएर र बुझेर गएको बताउँदै संयोजक बुढाथोकीले भने, ‘त्यही कारणले वैदेशिक रोजगारीमा जानेहरूमा ठगिने र समस्यामा पर्ने क्रम बढ्दो छ ।’ 

त्योसँगै अशिक्षा, गरिबी, स्वदेशमा रोजगारीको अभाव, देखासिकी गर्ने बानी, पारिवारिक मनमुटाब पनि वैदेशिक रोजगारीमा जानुको मुख्य कारण रहेको उनको भनाइ छ । 

आप्रवासी स्रोत केन्द्रका तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष ०८१/८२ को पुस मसान्तसम्म जिल्लामा ३८ जनाले उजुरी परेका छन् । जसमध्ये ६ उजुरीको समाधान भएकोमा ३२ वटा उजुरी अझै प्रक्रियामा रहेको छ । जसबाट ३ लाख ८६ हजार ५३१ रुपैयाँ असुलउपर गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गराएको उनले बताए । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दिनप्रतिदिन बढिरहेकोले यसको न्यूनीकरण तथा रोकथामका लागि स्थानीय सरकार गम्भीर हुनुपर्ने सामीका कार्यक्रम अधिकृत रोहित विश्वकर्माले बताए । 

गत आर्थिक वर्ष कोशी प्रदेशबाट एक लाख ६० हजार ६७२ जना रोजगारीमा गएकामध्ये २८४ जनाको मृत्यु भएको उनले बताए । उनका अनुसार २०७५ भदौदेखि २०८०/८१ सम्म कोशी प्रदेशका ३२ स्थानीय तहमा २ लाख ६५ हजार ५२९ जनाले सूचना तथा परामर्श लिएको थियो । 

न्यायमा सहजीकरण ४ हजार २५६, सीप तालिम एक हजार ५२९, मनोसामाजिक परामर्श सेवा २ हजार ५३२ र वित्तीय साक्षरता १२ हजार ९०९ जनाले लिएको उनले बताए । भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.