कृषि फार्मभित्र राखिएको स्काईभेटरमा आगलागी

कृषि फार्मभित्र राखिएको स्काईभेटरमा आगलागी
सुन्नुहोस्

विराटनगर : काम गर्ने क्रममा बिग्रिएपछि मोरङको रंगेली नगरपालिका–२ जलिया टोलस्थित कृषि फार्मभित्र राखिएको स्काईभेटरमा बुधबार बिहान आगलागी भएको छ। इष्टर्न स्टार कृषि फार्मभित्रको खुला चउरमा राखिएको स्काईभेटर आगलागी भएको हो। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले कृषि फार्मभित्र खुला चउरमा राखिएको बा ३ क ३५९६ नम्बरको स्काईभेटरमा बुधबार बिहान ५:४० बजेतिर आगलागी भएको जानकारी दिए। उनका अनुसार स्काईभेटर धनी यशोदा राई आफैंले जिल्ला प्रहरी कार्यालय मोरङमा घटनाको जानकारी दिएकी थिइन्। 
स्थानीयको सहयोगमा प्रहरीले बिहान ७ बजेतिर आगो नियन्त्रणमा लिएको थियो। आगलागीबाट स्काईभेटरको टायर लगायतका भागहरु जलेर क्षति पुगेको छ। आगलागीको कारण खुल्न सकेको छैन। आगो अरुले नै लगाइदिएका हुन् कि आफैं लागेको हो भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार स्काईभेटर बिग्रिएर ४ दिनदेखि फार्मभित्र राखेको पाइएको छ। ‘बिग्रिएर राखेको स्काईभेटरमा आफैं आगलागी नहुनुपर्ने हो। कसैले आगो लगाइदिएको हुनसक्छ। प्रकृति हेर्दा घटना शंकास्पद देखिन्छ,’ प्रहरी स्रोतले भन्यो। 
डीएसपी जोशीका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.