अष्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं : यू-१९ महिला टी-२० विश्वकप प्रतितियोगितामा आज नेपालले अष्ट्रेलियाविरुद्ध पहिले बलिङ गर्दैछ । मलेसियाको बांगीस्थित युएसडी-युकेएम ओभलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो।
यसअघि बंगलादेश र स्कटल्याण्डसँग पराजित भएको नेपाल सुपर सिक्समा पुग्न झिनो सम्भावना छ। सुपर सिक्समा पुग्न नेपाल आज अष्ट्रेलियामाथि विजय हुनुपर्नेछ । अस्ट्रेलिया दुवै खेल जितेर सुपर सिक्स प्रवेश गरिसकेको छ।
नेपाली खेलाडी
कृष्मा गुरुङ, तृषना विक, साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो (कप्तान), ज्योत्सिका मरासिनी, सिमाना केसी, रचना चौधरी र अनु कडायत।
प्रतिक्रिया दिनुहोस !
