चितवनमा गैंडाको आक्रमणबाट मृत्यु

चितवन : माडी नगरपालिका–१ ध्रुवचोकमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उनका अनुसार आक्रमणबाट घाइतेको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। भण्डारीलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको हो।
प्रतिक्रिया दिनुहोस !
५
