२५६ किलो गाँजासहित भारतीय पक्राउ

नवलपुर : सशस्त्र प्रहरीले गाँजासहित गैंडाकोटबाट एक भारतीय ट्रक चालक पक्राउ गरेको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक बिनोद कार्कीका अनुसार गैंडाकोट-१० पितौजीबाट २५६ किलो गाँजासहित भारतीय ट्रक चालक पुस्कल यादव पक्राउ परेको हुन्।
चेकजाँचको क्रममा नारायणगढबाट भैरहवातर्फ जाँदै गरेको जे एच ओ २ यु ७०६० नम्बरको भारतीय ट्रकमा लुकाई छिपाई ल्याएको अवस्थामा सो परिणाम बराबरको गाँजा बरामद गरेको कार्कीले बताए। '२० वटा प्याकेटमा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरेका हौं ' उनले भने।
पक्राउ परेका ट्रक चालक यादवलाई आवश्यक कारबाहीका लागि सशस्त्रको पितौंजी गुल्ममा राखिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !
५
