नेप्से परिसूचक ५२.३६ अंकले वृद्धि, ९ अर्ब २० करोडको सेयर कारोबार

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकममा उल्लेख्य सुधार भएको छ। आज नेप्से परिसूचक ५२ दशमलव ३६ अंकले बढेर २ हजार ६६५ दशमलव ४५ को विन्दुमा कायम भएको हो।
३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार आठ सय १९ कित्ता शेयर ९० हजार छ सय ९६ पटक खरिदबिक्री हुँदा ९ अर्ब २० करोड ३० लाख ८८ हजार ३४९ रुपैयाँको कारोबार भएको छ। आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ।
सबैभन्दा धेरै अन्य समूह चार दशमलव २४ र लगानी समूह तीन दशमलव ८२ प्रतिशतले बढेको छ। बैंकिङ एक दशमलव ३२, विकास बैंक दुई दशमलव ७४, वित्त शून्य दशमलव ८९, होटल तथा पर्यटन दुई दशमलव ७१ र जलविद्युत् समूह दुई दशमलव ७१ प्रतिशतले बढेको छ। त्यस्तै, जीवन बिमा समूह एक दशमलव ८९, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य आठ, लघुवित्त एक दशमलव शून्य सात, म्युचुअल फण्ड शून्य दशमलव ४९, निर्जीवन बिमा एक र व्यापार समूह दुई दशमलव ४५ प्रतिशतले बढेको छ।
प्रतिक्रिया दिनुहोस !
