रुसको कुर्स्कमा तीन महिनामा १००० उत्तर कोरियाली सैनिकको मृत्यु

मस्को : रुसको कुर्स्क क्षेत्रमा भएको युद्धमा तीन महिनामा करिब १००० उत्तर कोरियाली सैनिक मारिएको जनाइएको छ। सो स्थानमा भएको लडाइमा मृत्यु हुनेमध्ये उत्तर कोरियाली सेना करिब ४०% रहेका बीबीसी समाचारमा उल्लेख छ।
त्यहाँ युद्धका लागि उत्तर कोरियाबाट ११,००० सैनिक आएका थिए। तीमध्ये ४ हजार सैनिक मरेका, घाइते भएका, हराएका वा बन्दी बनाइएका उल्लेख छ। ती नै ४ हजारमध्ये करिब १ हजार जना सैनिक भनेको मरेको अनुमान गरिएको छ।
यसलाई उत्तर कोरियाको लागि धेरै ठूलो मानिएको छ। घाइते सैनिकहरूको उपचार कहाँ हुँदैछ भन्ने पनि जानकारी आएको छैन।
युक्रेनले अगस्टमा कुर्स्क क्षेत्रमा अचानक हमला गरी केही समयका लागि रूसी भूभाग कब्जा गरेको थियो। उक्त स्थानमा पछि उत्तर कोरियाली सैनिक आए। त्यसपछि रूसी सेना बलियो बनेको देखिन्छ।
तर युक्रेनले अझै धेरै रूसी भूभाग कब्जा गरिरहेको छ र रूसी सेनालाई धेरै क्षति पुर्याइरहेको छ।
उत्तर कोरियाबाट पठाइएका 'स्टोर्म कोर्प्स' सैनिकहरू त्यहाँका लागि पठाइएका छन्। उनीहरु धेरै कम तालिम पाएका र कमजोर रहेको बताइएको छ।
बेलायती सेनाका पूर्व अधिकारी कर्नल ह्यामिशले बीबीसीसँग भनेका छन्, 'यी सैनिकहरू कम तालिम प्राप्त छन् र उनीहरूलाई युद्धमा बलिको बोकोसरह बनाइएको छ। उनीहरूको बाँच्ने सम्भावना निकै कम छ।'
दक्षिण कोरियाली रिपोर्टले पनि यी सैनिकहरू आधुनिक युद्धका लागि तयार नरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
