बेलायतका सय प्रभावशालीको सूचीमा नेपालीमूलका सुजन कटुवाल

बेलायतका सय प्रभावशालीको सूचीमा नेपालीमूलका सुजन कटुवाल
सुन्नुहोस्

बेलायत : नेपालीमूलका बेलायती नागरिक सुजन कटुवाल २०२५ का लागि बेलायतको १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। बेलायतको अवार्ड इन्टेलिजेन्सले हरेक वर्ष सार्वजनिक गर्दै आइरहेको यो सूचीमा यो वर्ष कटुवाल पर्न सफल भएका हुन्।

उक्त सूचीमा कटुवालसहित बेलायतको समाजसेवामा अतुलनीय योगदान पुर्‍याउने चिकित्सक, सरकारी अधिकारी, प्रोफेसरसहित व्यवसायीहरू रहेका छन् ।

‘यो सूचीमा परेर नेपाल र नेपाली चिनाउने अवसर पाउँदा खुसी छु’ उनले भने, ‘यो हामी सबै नेपालीले पाएको हो।’ 

कटुवालले २ लाख ५० हजारभन्दा बढी घरबार बिहीनहरुलाई खाना उपलब्ध गराएको र पूर्वबेलायती सेनाको मानसिक स्वास्थ्य सेवा सहयोगार्थ ६ हजार माइलको पैदलयात्रा गरी मानवीय सेवामा अतुलनीय भूमिका खेलेकाले बेलायतको १०० प्रभावशाली व्यक्तिको सूचीमा चुनिएको इन्टेलिजेन्सले जनाएको छ ।

कटुवाल बेलायतमा परोपकारी संस्था ‘कम्ब्याट स्ट्रेस’ खोलेर समाजसेवाका कामहरु गदै आइरहेका छन् भने बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक समेत रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.