अर्थतन्त्रलाई सुधार्न परिणाममुखी काम भइरहेको छ : अर्थमन्त्री पौडेल

अर्थतन्त्रलाई सुधार्न परिणाममुखी काम भइरहेको छ : अर्थमन्त्री पौडेल
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न परिणाममुखी काम भइरहेको दाबी गरेका छन्। राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा देखा परेका समस्यालाई समाधान गर्दै सुधार गर्न परिणाममुखी काम भइरहेको बताएका हुन् ।

सरकारमा रहेर औसत काम गरेर सूची बढाउने र दिन बिताउने पक्षमा आफूहरू नभएको भन्दै उनले दुरगामी महत्वका उपलब्धि हासिल गर्ने गरि काम गर्ने जिकिर गरे। अर्थमन्त्री पौडेलले अर्थतन्त्र क्षेत्रलाई तीव्रतर रुपमा अघि बढाउन नै सरकारले अध्यादेश ल्याएको बताए। उनले बैंकहरुमा देखिएको तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि  र रोजगारी सिर्जनाका लागि प्रयोग गर्नुपर्नेमा जोड दिए।

बैंक तथा वित्तीय क्षेत्रमाथि लगाएका भ्रममा नपर्न गभर्नरको आग्रह

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमाथि लगाएका भ्रममा नपर्न आग्रह गर्दै कुनै पनि निक्षेपकर्तालाई डुब्न नदिने स्पष्ट पारे ।

उनले कुनै संस्थामा समस्या भए त्यसको तथ्यांक राष्ट्र बैकसँग हुने भएकाले अफवाहका पछाडी लाग्न नहुने बताए। उनले बैंक तथा वित्तीय संस्थामा उतारचढाव आउन सक्ने भएकाले त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.