असनको एक घरमा आगलागी

काठमाडौं : असनस्थित अन्नपूर्ण मन्दिर पछाडि एक घरमा आगलागी भएको छ। बिहीबार दिउँसो सवा ३ बजेतिर आगलागी भएको हो। आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
आगलागी भएको घरमा भाँडाकुँडाको गोदाम रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी पूर्णिमा कुमारी चन्दका अनुसार आगो निभाउने प्रयास जारी छ।
उनका अनुसार अहिले प्रहरी,स्थानीयले आगो निभाउने काम गरिरहेका छन्। आगलागीबाट भएको क्षतिबारे एकिन विवरण आइसकेको छैन।
प्रतिक्रिया दिनुहोस !
