अन्नपूर्णको साप्ताहिक उपहार विजेता बन्यो सेभ द चिल्ड्रेन

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले देशभर सञ्चालन गरिरहेको हात खाली नजाने ‘जसले पढ्छ, अवश्य पर्छ’ वार्षिक ग्राहक योजनाको पहिलो साप्ताहिक विजेता सेभ द चिल्ड्रेन सिंनामगल बनेको छ। बिहीबार तिनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको हेडक्वार्टरमा आयोजित साप्ताहिक लक्की ड्रबाट अन्नपूर्णको वार्षिक ग्राहक बनेको रसिद न. १०२४/८१ रहेको सेभ द चिल्ड्रेन सिंनामंगल विजेता बनेको हो।
अन्नपूर्ण मिडिया नेटवर्कका अप्रेशन तथा फाइनान्स विभाग प्रमुख सुनिल पौडेलले लक्की ड्र गरेका थिए। विजेता बनी उसले ओपोको मोबाइल फोनसहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर जितेको छ।
अन्नपूर्ण पोस्ट् र द अन्नपूर्ण एक्सप्रेसको ग्राहक नवीकरण गर्ने र नयाँ वार्षिक ग्राहक बन्ने पाठकले ग्राहक बन्नसाथ हातहातै उपहारै उपहार पाउनेछन्। वार्षिक ग्राहक शुल्क अन्नपूर्ण पोस्टको तीन हजार चार सय रुपैयाँ र द अन्नपूर्ण एक्सप्रेसको पनि तीन हजार चार सय रुपैयाँ रहेको छ।
वार्षिक ग्राहक बन्नेले हातहातै वन्डरल्याण्डको १५ सय रुपैयाँको भौचर (जहां रोमाञ्चित खेलको मज्जा लिन सकिनेछ), साथै आईएनआई सिनेमाको मुभि भौचर पाउनेछन्। यो नलिए उनीहरुले छनोट पनि गर्न पाउँछन्। जसमा नगद ५ सयदेखि ३४ सय सम्मको नगद छुटको स्क्रयाच कार्ड साथसाथै आईएनआई सिनेमाको मुभि भौचर र अन्नपूर्ण केबलकारको टिकट पाउनेछ।
त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता लक्की ड्रबाट ओपोको मोबाइल फोनसहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर पाउनेछन्। मासिक पुरस्कारमा वासिङ मेसिनसहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर पाउनेछन्। यो वार्षिक ग्राहक योजना देशभर लागू भएको छ। ४ महिनासम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया दिनुहोस !
