ब्राउन सुगरसहित दुई जना पक्राउ

सिरहा : सिरहा नगरपालिका-१७ भन्सार गेट छेउबाट प्रहरीले चेकजाँच क्रममा दुई जनालाई लागूऔषधसहित पक्राउ गरेका छन्। गोलबजार नगरपालिका-७ हृदय सिंह र वडा-८ का धर्मेन्द्र यादवलाई लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता तथा डीएसपी विरेन्द्र पासवानले जानकारी दिए।
उनीहरु जयनगर (भारत)बाट माडरतर्फ प्रदेश ३-०३-००१ प ९८३६ नम्बरको मोटरसाइकलमा आएका थिए। शंका लागेपछि चेकजाँच गर्दा मोटरसाइकल चालक सिंहले लगाएको पेन्टको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा ब्राउन सुगरजस्तो देखिने पदार्थ प्लाष्टिकसहित तौल गर्दा ५ ग्राम २०० मिलिग्राम फेला परेको हो।
सिंह र सोही मोटरसाइकल पछाडी सवार गोलबजार नगरपालिका-८ का २२ वर्षीय धर्मेन्द्र यादवलाई मोटरसाइकलसहित नियन्त्रणमा कारबाही प्रहरीले अगाडि बढाएको छ। अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
