मुस्ताङमा बुधवारदेखि निरन्तर हावाहुरी, स्थानीय जनजीवन प्रभावित

मुस्ताङमा बुधवारदेखि निरन्तर हावाहुरी, स्थानीय जनजीवन प्रभावित
सुन्नुहोस्

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा बुधवार बिहानदेखि निरन्तर बेजोडको हावाहुरी चल्ने क्रम रोकिएको छैन । निरन्तरको हावाहुरीले स्थानीय नागरिकको दैनिकी प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङमा बेजोडको उत्तरी हावाहुरीका कारण  जोमसोम स्थित पर्यटन तथा उद्योग कार्यालयको जस्ताको छानो उडाएको मुस्ताङका प्रहरी प्रमुख डिएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए । कार्यालयको जस्ताले छाएको छानो हावाहुरीले उडाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले डोरीको सहायतले पुन छानोलाई यथास्थानमा फिट गरिएको मुस्ताङका डिएसपी बोगटीले बताए ।  हावाहुरीले सरकारी कार्यालयको छानो उडाएको भए पनि त्यहाँ रहेका सरकारी अभिलेख तथा भौतिक सम्पत्तीमा कुनै क्षति नभएको डिएसपी बोगटीको भनाइ छ ।
 

यसैगरी मुस्ताङमा निरन्तको उन्मादको बेजोड हावाहुरीको असरले घरपझोङ—३ पुथाङ एयरपोर्टको एक होटल र घरपझोङ—३ स्याङमा रहेको यात्रु प्रतिक्षालयको छानो उडाएर आशिंक क्षति तुल्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । प्रहरी श्रोतका अनुसार मुस्ताङमा २४ घण्टा अघि बेजोडको हावाहुरी चलेको र सो क्रम अझै नरोकिएको जनाएको छ । ‘मुस्ताङमा उन्मादको बेजोड हावाहुरी चलिरहेको छ, नागरिकहरु हावाहुरीका कारण घर बाहिर निस्कन नसक्ने अवस्था सृजना भएको छ,’ डिएसपी बोगटीले थपे,‘हिउँदयाममा हावा चल्नाने मानवीय तथा भौतिक जोखिम बढेको छ, हामीले स्थानीय नागरिकलाई हावाहुरीबाट बच्न र क्षति हुन नदिन सर्तक गर्न सूचित गरेका छौं ।’
 
मुस्ताङमा अत्यधिक हावाहुरीको प्रभावले बिद्युत् र इन्टरनेट सेवा नियमित हुन नसकेको डिएसपी बोगटीले उल्लेख गरे । हावाहुरीबाट घर र वस्तीमा क्षति हुन सक्ने र आगलागीका घटना हुनसक्ने भएकाले सर्तक रहन जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ । प्रहरीले हावाहुरीबाट कुनै विपदजन्य घटना भएमा तुरुन्तै नजिकैको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्नसमेत अनुरोध गरेको छ ।
 
मुस्ताङमा ढुंगा र माटोले बनेका घरहरुमा जस्ता र सख्खर माटोले छानो छाउने भएको र यसप्रकारका घरहरुमा हावाहुरीबाट विपदजन्य घटना निम्तिन सक्ने डिएसपी बोगटीले स्पष्ट पारे । मुस्ताङमा हिउँदयामको अनुकुल मौसममा समेत हिमपात हुन सकिरहेको छैन । हावाहुरी चलेपछि हिउँ पर्न मौसम बाधक बन्छ । विगतका वर्षहरूमा माघ महिनासम्म ३-४ पटकसम्म हिमपात हुन्थ्यो । तर यसपटक हिमपात हुने लक्षण देखिँदैन । 

अन्य जिल्लामा हिमपात भए पनि मुस्ताङमा हिउँ नपरेकोले स्थानीय किसान आश्चार्यचकित भएका छन् । हिउँ परेमा अन्नबाली सप्रिने र हिउँकै कारण हिउँ पर्यटनमा टेवा पुग्ने बताइन्छ । यसवर्ष हिउँ नपर्दा कृषि र पर्यटनमा असर पुगेको छ । हिउँदयामको हिउँ कृषकका लागि वरदान सावित हुने भए पनि उत्तरी हावाहुरीले गर्दा मुस्ताङमा हिउँ पर्न बाधा पुगेको छ ।

तस्बिर : निरज थकाली (ठिनी)।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.