सिद्धबाबा सुरुङ मार्गको आज 'ब्रेकथ्रु '

सिद्धबाबा सुरुङ मार्गको आज 'ब्रेकथ्रु '
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभरि पाल्पा र बुटवल रहने कार्यक्रम छ। प्रधानमन्त्री ओली शुक्रबार दुई जिल्लाका चारवटा औपचारिक कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले बिहान ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै दिउँसो १२ बजेपछि तिनाउ गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम हरेको छ । तिनाउ दोभानमा नवनिर्मित प्रशासकीय भवन कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

आज दिउँसो नै प्रधानमन्त्रीले सिद्धबाबामा निर्मित सुरुङ मार्गको ब्रेकथ्रु गर्ने कार्यक्रम छ । सिद्धार्थ राजमार्गमा निर्मित सो सुरुङको निर्माणकार्य अन्तिम चरणमा पुगेपछि आज ब्रेकथ्रु गर्न लागिएको हो । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डअन्तर्गत निर्माणाधीन १ हजार १  सय २६ मिटर लामो सिद्धबाबा सुरुङ राष्ट्रिय गौरवको आयोजना हो ।  

सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा क्षेत्रको सडक अत्यन्त जोखिमपूर्ण मानिन्छ । सो सडकमा बारम्बार पहिरो जाँदा सडक जोखिमपूर्ण भइ धेरै मानिसले ज्यान गुमाएका छन् । सडकको झण्डै चार किलोमिटर क्षेत्रलाई अति जोखिमपूर्ण मानिन्छ । सोही जोखिम टार्न सुरुङ मार्ग बनाइएको हो । 

प्रधानमन्त्रीले आज दिउँसो बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ । एसियाली विकास बैङ्कको सहयोगमा बुटवल–गोरुसिङ्गे सडक चार लेनको बन्न लागेको हो । पहिलो चरणमा ५० किलोमिटर सो सडक स्तरोन्नति भएपछि दोस्रो चरणमा गोरुसिङ्गेबाट चन्द्रौटासम्मको १९ किलोमिटर सडक  निर्माण गर्ने योजना रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.