सिम्रिकको हेलिकोप्टरले निभायो बस्ती नजिक रहेको महाभारत जंगलको आगो

सिम्रिकको हेलिकोप्टरले निभायो बस्ती नजिक रहेको महाभारत जंगलको आगो
सुन्नुहोस्

काठमाडौं : काभ्रेपलान्चोकको महाभारत जंगलमा लागेको आगलागीका जोखिम स्थानहरूलाई नियन्त्रणमा लिइएको छ। बस्तीमा जोखिम हुनसक्ने जंगलको आगलागी नियन्त्रणमा लिइएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए।

सिम्रिक एयरको हेलिकोप्टरबाट ती स्थानको आगो निभाइएको हो। आगलागी बस्तीसम्म फैलिने खतरा देखिएपछि सिम्रिक हेलिकोप्टरको माध्यमबाट आगो निभाइएको अध्यक्ष अधिकारीको भनाइ छ।

'बेथानचोकको वडा १ र २ मा लागेको आगलागी नियन्त्रणमा लिएका छौं। बस्तीसम्मै फैलिनसक्ने जोखिम देखेएपछि हामीले सिम्रिक हेलिकोप्टरबाट पानी खन्याएर आगो निभाएका हौं,' अध्यक्ष अधिकारीले अन्नपूर्णसँग भने। उनले हेलिकोप्टरसँगै सेना, प्रहरी र स्थानीयको पनि सहयोग रहेको बताए। 

अध्यक्ष अधिकारीले जंगलको आगो पूर्णरूपमा नियन्त्रणमा भने नआएको बताए। 'जंगलमा अझै आगलागी भइरहेको छ। आगलागी भएको स्थानहरूमा जान कठिनाइ छ। हेलिकोप्टरबाट पनि त्यस क्षेत्रको पहिचान गरेका छौं। नेपाली सेनाको टोलीले रेखी गर्ने काम गरिरहेको छ,' उनले भने।

निजी क्षेत्रको हेलिकोप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सिम्रिकले यसअघि नै आगो निभाउन सरकारले हेलिकोप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताएको थियो।

सिम्रिकले आफ्नो हेलिकोप्टरमार्फत ‘बम्बी बकेट’ प्रणालीअनुसार जंगलमा लागेको आगो निभाउँदै आएको छ। यसअघि सिम्रिकले पाथीभरा, लुक्ला, तनहुँ, काठमाडौंको शिवपुरी, बालाजु औद्योगिक क्षेत्रलगायत स्थानमा आगलागी हुँदा सोही प्रणालीबाट आगो निभाएको थियो। त्यस्तै सिम्रिकले उद्धारको काम पनि गर्दै आएको छ। बाढी पहिरोलगायत विपद्का समयमा सिम्रिकले उद्धारको काम गर्ने गरेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.