पर्यटक प्रहरीको संख्या बढाउँछौं : मन्त्री पाण्डे

पर्यटक प्रहरीको संख्या बढाउँछौं : मन्त्री पाण्डे
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाइने बताएका छन्।

४६ औँ पर्यटक प्रहरी दिवसको अवसरमा शनिबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले बदलिँदो समयका चुनौती सामना गर्नका लागि पर्यटक प्रहरीलाई साधन सम्पन्न बनाउनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको उल्लेख गरे।

आगामी दिनमा पर्यटक प्रहरीको संख्या बढाउन पनि मन्त्रालयले पहल गरिरहेको उनले जानकारी दिए। माघको अन्तिमसम्म सुदूरपश्चिमको खप्तड र कर्णालीको रारामा पर्यटक प्रहरी इकाई स्थापना गर्ने निर्णय भइसकेको उनले जानकारी दिए। त्यसका  लागि  आवश्यक साधन स्रोत व्यवस्था सरकारले गर्ने उनले बताए।

उनले पर्यटन क्षेत्रको विकासका लागि नेपाल नआएका पर्यटकलाई एक पटक ल्याउने र एकपटक आएका पर्यटकलाई पटक-पटक ल्याउने रणनीति मन्त्रालयले बनाइरहेको जानकारी दिए। हाल २४६ जना पर्यटक प्रहरीले देशका २९ इकाइबाट सेवा दिँदै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.