पहिचान लुकाउँदै ठगी गर्थे दिनेश, ९ मुद्धा र ११ जाहेरी

पहिचान लुकाउँदै ठगी गर्थे दिनेश, ९ मुद्धा र ११ जाहेरी
सुन्नुहोस्

काठमाडौं : ककनी २ नुवाकोटका दिनेश घिमिरेका परिचय धेरै छन् । कहिले उनले आफूलाई भन्सारको हाकिम भनेर चिनाउँछन् त कहिले अन्तर्राष्टिय संस्थाको प्रतिनिधि भन्छन् । अक्सर भेट्ने मान्छेहरूलाई कुशल ठकुरीको परिचयबाट चिनाउने गर्थे । 

उनीसँग जो बोल्यो त फस्यो जस्तै हुने गरेको छ । यही माघ ९ गते ठमेलमा रहेको एक चिनिया रेष्टुरेन्टबाट उनलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई त्रिभुवन विमानस्थलको भन्सार कर्मचारी भन्दै चिनाउने दिनेसले डाक्टर, एयर होस्टेज, इन्जिनियर, नर्स तथा विभिन्न पेशाका व्यक्तिलाई समेत ठगी गरेका छन् । 

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रवक्ता काजीकुमार आर्चायका अनुसार उनीविरुद्ध उजुरी दिने पीडितको संख्या दुई दर्जन बढी छ । २०७२ सालदेखि नै ठगी धन्दा गर्दै आएका दिनेश २ पटक बैंकिङ कसुरमा जेलसमेत परेका छन् । उनीविरुद्ध ९ वटा मुद्धा नै चलेको छ । ११ वटा जाहेरी प्रहरीमा दर्ता भएको छ । उनी प्रक्राउ परेको सूचना सार्वजनिक भएसँगै उनीबाट पीडित भएँ भन्दै प्रहरीको समर्पकमा आउने व्यक्तिको संख्या पनि बढ्दै गएको छ । विशेष गरी महिला तथा युवतीहरू उनीबाट धेरै ठगिएका छन् । 

ककनी घर भएका उनी अक्सर काठमाडौंको ठमेलमा रहेका महँगो होटलमा बस्थे । उनले काठमाडौं, पोखरा, बुटवल, दाङ हुँदै जाजरकोटसम्मका व्यक्तिलाई ठगी गरेका छन् । चिटिक्क परेर हिँड्ने, महंगा र ब्रान्डेड लुगा लगाउने, मानिस भेट्दा प्राय प्राइभेट गाडीमा गएर भेट्ने । पैसा लिइसकेपछि समर्पक विहीन हुने र फोन नम्बर परिवर्तन गर्ने उनको विशेष बानी हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी मधुकुमार थापाका अनुसार तीनवटा विहे गरेका घिमिरेविरुद्ध बहुविवाहको उजुरीसमेत परेको छ । ३५ वर्षीय घिमिरेले त्रिभुवन विमानस्थल भन्सारमा अड्किएको आइफोन, सुन तथा गाडीहरू सस्तो मूल्यमा मिलाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने गर्थे । प्राय अनुहार छोपिने माक्स र क्याप टोपीमा भेटिने दिनेश अनुहार छोपेरै शहर डुल्ने गर्थे । सामान्य कुराकानी गर्ने क्रममा नै उनले जसलाई जे आवश्यक छ, सजिलै परिपूर्ति हुन्छ भन्दै प्रभावमा पार्ने गर्थे । 

केही महिना अगाडि उनले दुई जना एयरहोस्टेजलाई समेत १५ लाख बढी ठगी गरेका थिए । उनीहरूलाई अन्तर्राष्टिय विमान कम्पनीमा जागिर लगाइदिने भन्दै प्रभावमा पारेका थिए । एक पटक भेटेको मानिसलाई प्राय दोस्रो पटक नभेट्ने, उनीहरूले फोन गर्दा आफू विमानस्थलमै रहेको र धेरै काम रहेको भन्दै झुक्काउने गर्थे । भन्सारमा रहेको क्रेटा गाडी सस्तोमा मिलाइदिन्छु भन्दै एक डाक्टरलाईसमेत १० लाख ठगी गरेका थिए । 

उनले सुन्दर र पैसावाल युवतीहरूसँग भने प्रेमको जाल बिछ्याउने गर्थे । लिभिङ टुगेदरमा बसेर लाखौँ रुपैयाँ ठगी गर्ने गर्थे । उनीविरुद्ध एक दर्जन युवतीहरूले पनि बयान दिएका छन् । 

ठगी धन्दाका मास्टरमाइन्ड दिनेशलाई पक्राउ गर्न प्रहरीलाई पनि निकै गाह्रो भएको थियो । कहिले चितवन, कहिले बुटवल त कहिले काठमाडौ बस्ने उनलाई प्रहरीले ५ महिनाको प्रयास पश्चात पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नको लागी महिला प्रहरी प्रयोग गरेर केटी भेट्न आउने बनाएर पक्राउ गरिएको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयमा ८० लाख बढि ठगीको उनीविरुद्ध उजुरी छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.