एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : अध्यक्ष प्रचण्ड

एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : अध्यक्ष प्रचण्ड
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको बताएका छन्।

शनिबार दाङको घोराहीमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब एमालेसँग सहकार्य गरेर चुनाव लड्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका हुन्।  उनले एमालेसँगको एकता त्यसपछिको सहकार्य धेरै दिन टिक्न नसकेको जनाए।

उनले ८४ को निर्वाचन माओवादीले आफ्नै शक्तिको बलमा लड्ने निर्णय पार्टीलेसमेत गरिसकेको उल्लेख गरे। प्रचण्डले अब माओवादीका धेरै कमिकमजोरीलाई सुधार गर्दै जनताको विश्वास जित्ने गरी अघि बढ्ने उल्लेख गरे। 

उनले बिचौलियाहरुको सेटिङ् भत्काउन खोज्दा चलखेल गरेर असंवैधानिक रूपमा संख्याको बलमा आफूलाई हटाउने खेल भएको दोहर्‍याए। अध्यादेशबाट शासन गर्ने गलत परम्परा देखिएपछि विपक्षीहरू एक भएर सदन बोलाउन दवाव दिएकै कारण सरकारले सदन आह्वान गरेको उनको भनाइ छ । 

प्रचण्डले अब विपक्षीहरू सामूहिक रूपमा अघि बढ्ने र समाजवादी मोर्चालाईसमेत सक्रिय बनाउने धारणा राखे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.