आर्थिक गतिविधिलाई चलायमान बनाउन अध्यादेशमार्फत कानुन संशोधन : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले आर्थिक गतिविधिलाई चलायमान बनाउन अध्यादेशमार्फत कानुन संशोधन गरेको जनाएको छ। सिंहदरबारमा आज बसेको कांग्रेस शीर्ष नेता, पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्री सम्मिलित बैठक पश्चात प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशमार्फत कानुन संशोधन गर्न छिटो गर्न अध्यादेश ल्याइएको बताएका हुन्।
उनले भने, ‘आर्थिक गतिविधिलाई चलायमान बनाउन अध्यादेशमार्फत कानुन संशोधन भएको हो। सरकारले ल्याएको अध्यादेश संसदमा तत्कालै प्रस्तुत हुन्छ।’
उनका अनुसार संसदीय दलको बैठक अगाडि बैठकमा सरकारको कामबारे मन्त्रीहरुले ब्रिफिङ बताए। प्रमुख सचेतक घिमिरेले संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुनेछ। भोलि र पर्सि बस्ने संसदीय दलको बैठकमा छलफल हुने बताए।
एमाले र कांग्रेसको कार्यदलले संसदमा पेश हुने विधेयकहरुलाई प्राथमिकतामा राखेर अगाडि बढाउने बताए। संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुनेछ।
प्रतिक्रिया दिनुहोस !
