समावेशिता र थ्रेसहोल्ड दुवै बढाऊँ

समावेशिता र थ्रेसहोल्ड दुवै बढाऊँ
सुन्नुहोस्

संसद्‍मा धेरै दल हुने तर एउटै दलको बहुमत पुग्न कठिन हुने भनेर अहिलेको निर्वाचन कानुन परिवर्तनबारे बहस छ । संसद्मा उपस्थित हुन निश्चित मत प्रतिशत ल्याउनुपर्ने सीमा अर्थात् थ्रेसहोल्डसम्बन्धी व्यवस्थाको छलफल पेचिलो बनेको छ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन संशोधनको मस्यौदा तयार गर्दा राष्ट्रिय पार्टीका लागि ३ प्रतिशत मत ल्याई एउटा प्रत्यक्ष निर्वाचित हुनै पर्ने व्यवस्थाको प्रस्ताव गरेको छ । त्यो साविककै व्यवस्था हो । प्रदेशमा डेढको व्यवस्थालाई ३ बनाउनुपर्ने मत छ । तर गृह मन्त्रालयले भने राष्ट्रिय पार्टीका लागि ५ प्रतिशतको थ्रेस होल्ड बनाउनुपर्ने गरी मस्यौदामा हेरफेर गरेको छ ।

थोरै प्रतिशतको सीमा हुँदा धेरै थरीको प्रतिनिधित्व हुन्छ र समावेशिताको सिद्धान्त अझै बलियोसँग कार्यान्वयन हुन्छ भन्ने एकथरीको मत छ । नत्र ठूला दलको मात्रै रजगज भई मुलुक दुई दलीय व्यवस्थामा जान्छ भन्नेहरू छन् । हो समावेशिता हाम्रो संविधानको एउटा प्रमुख मूल मर्म हो । तसर्थ समावेशिताको सिद्धान्तविपरीत हुने गरी कानुन बन्नु हुँदैन । तर थ्रेसहोल्ड बढाउँदा पनि समावेशिता सुनिश्चित गर्ने अरू उपाय हुन सक्छन् । जस्तो प्रत्यक्ष निर्वाचनमा नै महिलाको ३३ प्रतिशत उम्मेदवारी दिनुपर्ने प्रस्ताव मनासिव छ ।

उम्मेदवार र प्रत्नििधित्वमा विभिन्न समुदाय र भूगोललाई निश्चित प्रतिशतको सुनिश्चितता गरियो भने थे्रसहोल्ड बढाउँदा पनि फरक पर्दैन । थोरै दलको उपस्थिति संसद्मा भए पनि समावेशी प्रतिनिधि तिनै दलहरूबाट हुन्छ । जस्तो नर्वेमा ४ प्रतिशत थ्रेसहोल्ड भए पनि महिला र अल्पसंख्यक समूहहरूको प्रतिनिधित्व उच्च छ । उम्मेदवार चयनमा दलहरूले विविधता अपनाउँछन् । हामीकहाँ पनि दलहरूले त्यसो गर्नुपर्छ । स्विडेन र इन्डोनेसियामा ४ प्रतिशतकै थ्रेसहोल्ड हुँदासमेत प्रादेशिक प्रतिनिधित्व उल्लेख्य छ । न्युजिल्यान्ड र जर्मनीमा ५ प्रतिशतको थ्रेसहोल्ड छ र पनि अल्पसख्ंयक र महिला प्रतिनिधित्व सुनिश्चित दलहरू आफैंले गर्छन् । धेरै प्रदेशबाट प्रतिनिधित्व गर्न नसक्ने एउटामात्रै मात्रै गर्ने दललाई प्रादेशिक नै मान्नुपर्छ । प्रदेश र संघमा मतदाताको मूल्यबराबरै हुने हुँदा थ्रेसहोल्ड प्रतिशत एउटै हुनुपर्ने मत पनि तर्कसंगत छ ।

प्रतिनिधित्व दलहरूको भन्दा पनि भूगोल र समुदायको आवश्यक हो । तसर्थ साना दल छुट्छन् कि धेरै थ्रेसहोल्ड राख्नु भन्नुभन्दा अल्पसंख्यकहरूको प्रतिनिधिसमेत सुनिश्चित हुनुपर्छ । विषय दलको मात्रै होइन, बहुजातीय र बहुभाषिक तथा बहुधार्मिक नेपालीको हो । थोरैथोरै मत ल्याएर पनि संसद् पुगेर आफ्नो राजनीतिको रोटी सेक्न चाहने नेता वा दलले भावनाको खेती गर्न खोज्छन् नै । तर सवाल दलहरूको नाङ्लो पसल खोल्न दिने कि नदिने भन्ने होइन, संसद्मा मुलुकको विविधिताको प्रतिनिधित्व हुन्छ कि हुँदैन भन्ने महŒवपूर्ण हो । तसर्थ थ्रेसहोल्ड बनाउने भन्ने विषय केवल प्रतिशत वा अंकको कुरा होइन । कसैको सरकार बनाउन बहुमत पुग्ने नपुग्ने भन्दा पनि नेपालका नेता र दलहरूको नियतको कुरा हो । यहाँ बहुमत ल्याएर पनि आफ्नै सरकार ढाल्नेहरू छन् । गठबन्धन दुई चार महिनामै टुटाउनेहरू छन् । जसको समाधान थ्रेसहोल्डको व्यवस्था होइन, उनीहरूको नैतिकता र इमान्दारीले मात्रै गर्न सक्छ । थ्रेसहोल्ड बढाउँदा दलहरूको संख्या न्यून होला, तर लोकतन्त्रको मर्म सकिन्न । दलहरूले नै विविधता र समावेशिता सुनिश्चित गर्ने व्यवस्था चाहिँ अवश्यक गर्नुपर्छ । बहुलवादी संविधानको मर्म नदिने सुनिश्चिता चाहिँ कानुनले नै गर्नुपर्छ ।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.