चीन र मेक्सिकोले पनि अमेरिकाले लगाएको करविरुद्ध बदला लिने

अमेरिकी राष्ट्रपनि डोनाल्ड ट्रम्पले शनिबार क्यानडा र मेक्सिकोका सामानमा २५% र चीनकोमा १०% कर लगाउने निर्णय गरेका थिए।
चीनको वाणिज्य मन्त्रालयले यसप्रति प्रतिक्रिया जनाएको छ। उक्त प्रतिक्रियामा अमेरिकी उक्त कदम विरुद्ध बदला लिने भनिएको छ।
चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, 'चीन यस कदमबाट असन्तुष्ट छ। यसको दृढतापूर्वक विरोध गर्दछ। यसले विश्व व्यापार संगठनको नियमहरूको 'गम्भीर उल्लङ्घन' भएको छ।'
चीनले यस्ता कदमहरू चीन र अमेरिका बीचको सामान्य आर्थिक र व्यापारिक सहयोगको लागि हानिकारक भएको बताएको छ।
'चीनले अब अमेरिकाको 'गलत व्यवहार' विरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गर्नेछ र 'आफ्नो अधिकार र हितको रक्षा' गर्न प्रतिशोधात्मक कदम चाल्नेछ।', विज्ञप्तिमा भनिएको छ, 'चीनले अमेरिकालाई आफ्नो गलत अभ्यासहरू सच्याउन र समस्या समाधान गर्न मिलेर काम गर्न आह्वान गर्दछ।'
चीनले अमेरिकालाई पारस्परिक लाभ, सम्मान र समानताको आधारमा मतभेदहरू समाधान गर्न र पारस्परिक सहयोगलाई बलियो बनाउन पनि अपील गरेको छ।
ट्रम्पको निर्णयविरुद्ध मेक्सिको पनि असन्तुष्ट
ट्रम्पले मेक्सिकोमाथि लगाएको २५ प्रतिशत करप्रति मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमले पनि प्रतिक्रिया दिएकी छन्।
उनले अमेरिका विरुद्ध पनि प्रतिशोधात्मक कारबाही गर्ने जनाएकी छन्। त्यसमा कर पनि समावेश हुने उनको भनाइ छ।
राष्ट्रपति शेनबाउमले भनिन्, 'म अर्थ सचिवलाई योजना बी कार्यान्वयन गर्न निर्देशन दिन्छु, जसमा हामी काम गरिरहेका छौं। यसमा कर लगाउने तथा अन्य उपायहरू समावेश छन्।'
त्यस्तै अमेरिकाविरुद्ध क्यानडाले पनि २५% कर लगाउने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जनाएका छन्। बीबीसी
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
