नेपालको लगातार तेस्रो हार

काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक टी-२०आई शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो। नेदरल्याण्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनायो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन्।
नेदरल्यान्डसका लागि आइरिस विलिङ, क्यारोलिन डिल्याङ र हेदर सिजर्सले दुई–दुई तथा इभा लिन्च र इशावेल वनिङले एक–एक विकेट लिइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले नौ विकेटको क्षतिमा १४० रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि सर्वाधिक बबेट डिलेडले ४१ रन बनाइन्।
नेपालका लागि सीता राना मगरले पाँच विकेट लिइन्। जितसँगै नेदरल्यान्डसको ६ अकं भएको छ भने नेपाल अंकविहीन छ। अर्का टोली थाइल्यान्डको दुई अंक छ। सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो। नेपालले अर्को खेल मंगलबार थाइल्याण्डसँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !
