टाटाले नेपाली बजारमा ल्यायो ‘नेक्सन केथ्री ईभी’

काठमाडौं : टाटा मोटर्सले नेक्सन ब्रान्डको नयाँ संस्करण ‘नेक्सन केथ्री ईभी’ को नेपाली बजारमा बुकिङ खुलागरेको छ।
टाटाको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक गरेसँगै बिक्रीका लागि बुकिङ खुल्ला गरेको हो।
कम्पनीका अनुसार, नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको यस सीयूभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी सुविधाहरूले सम्पन्न रहेको छ।
नेक्सन केथ्री ईभीको सुरुवाती मूल्य ४८.९९ लाख रुपैयाँ रहेको छ। साथै, सुरुवाती अफरमा ग्राहकहरूलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइनेछ।
प्रतिक्रिया दिनुहोस !
