नेप्से परिसूचक २७ सय विन्दुमाथि, ११ अर्ब ८७ करोडको सेयर कारोबार

नेप्से परिसूचक २७ सय विन्दुमाथि, ११ अर्ब ८७ करोडको सेयर कारोबार

काठमाडौं : अघिल्लो कारोबार दिन आइतबार उच्च अंकले वृद्धि भएको नेप्से आज सामान्य अंकले बढेर बन्द भएको छ। आइतबार  ६९.८०  अंकले बढेको नेप्से परिसूचक आज २.४१ अंकले बढेर २७२३ विन्दुमा पुगेको छ।

नेप्से सामान्य अंकले बढ्दा कारोबार रकम पनि आइतबारको तुलनामा सामान्य घटेको छ। आज ११ अर्ब बराबरको सेयर कारोबार भएको छ। आइतबार १२ अर्ब ९५ करोड बराबरको  सेयर कारोबार भएको थियो।

यसदिन ३१९ स्क्रिप्सको २ करोड ३७ लाख  ७० हजार  ३४८ कित्ता सेयर ११ अर्ब ८७ करोड ५९ लाख  ६७ हजार  ५३८ रुपैयाँमा खरिदबिक्री भए।

दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा दुई वटा कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो।

अपर लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्टको सेयर १० प्रतिशतले बढ्दा  ग्रीन डेभलपमेन्ट बैंक र रिभर फल्सको सेयर १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३५ करोड ३० लाख मूल्य बराबरको सेयर कारोबार भयो।

सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोडको सेयर कारोबार हुँदा बरुण हाइड्रोपावरको ३० करोड, साहस ऊर्जाको २७ करोड र एक्सेल डेभलपमेन्ट बैंकको २३ करोड मूल्य बराबरको सेयर करोबार भयो।

सात समूहको उपसूचक बढ्दा ६ समूहको उपसूचक नकारात्मक देखिएका छन्। कारोबारमा आएकामध्ये ९७ वटा स्टक्सको मूल्य बढ्दा १३७ वटाको घटयो। बाँकी ८ स्टक्सको मूल्य स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.