नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

काठमाडौं : नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने भएको छ। नाडाले आफ्नो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा)सँगको सहकार्यमा वाडा अटो शो आयोजना गर्न लागेको हो। २०८१ चैत्र १३ देखि १७ सम्म पोखरामा वाडा अटो शो आयोजना हुने छ।
नाडाले वाडाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ। नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो भेटघाट तथा छलफल कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाकातर्फबाट आवश्यक सहयोगको लागि औपचारिक रूपमा आग्रह गरेका थिए।
भेटघाट तथा छलफल कार्यक्रममा उक्त अटो शो को सम्भाव्यता र त्यसको मोडालिटिका सम्बन्धमा विस्तृत रुपमा छलफल गरिएको थियो। नाडाले सन् १९८८ देखि नाडा अटो शो हरेक वर्ष राजधानीमा आयोजना गर्दै आएको थियो।
प्रतिक्रिया दिनुहोस !
