४६ औं हाङथुम कप फुटबल प्रतियोगितामा सुनसरीको विजयी सुरुवात

४६ औं हाङथुम कप फुटबल प्रतियोगितामा सुनसरीको विजयी सुरुवात

सङ्खुवासभा : सङ्खुवासभाको मादी नगरपालिका–३ मुलखर्कमा ४६ औं आमन्त्रित हाङथुम कप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ। 

आज भएको उद्घाटन खेलमा मिरमिरे युवा क्लब तमाफोकलाई हराउँदै सिर्जना युवा क्लब सुनसरीले विजयी सुरुवात गरेको हो। हाङथुम क्लबको आयोजनामा २०३५ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ।  

प्रतियोगिताको उद्घाटन खेलमा सिर्जना युवा क्लबले ३–१ गोल अन्तरले मिरमिरेलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो। त्यस्तैगरी आज भएको कर्मचारी भर्सज भेट्रान बीच भएको मैत्रीपूर्ण खेल भएको छ। कर्मचारी भर्सज भेट्रान बीच भएको मैत्रीपूर्ण खेलमा शून्यका विरुद्ध २ गोल अन्तरले कर्मचारी टिम विजयी भएको छ। प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल रामेछापको लिखु भुजि रामेछाप युवा क्लब र आयोजक हाङथुम क्लब बीच प्रतिस्पर्धा हुनेछ। 

हाङथुम कप पुरुष फुटबल प्रतियोगितामा कोशी प्रदेशका विभिन्न ८ वटा  टिमको सहभागी रहेको हाङथुम क्लबका अध्यक्ष असिम जिमीले बताए।  प्रतियोगितामा सिर्जना युवा क्लब धरान, लिखु भुजि रामेछाप युवा क्लब रामेछाप, डाडाँ बजार युवा क्लब धनकुटा, चुलाचुली स्पोटिङ क्लब झापा र सङ्खुवासभाका न्यू युवा क्लब आँखीभूई, मिरमिरे युवा क्लब तामाफोक, एभान्स क्लब मानेभञ्याङ, आयोजक हाङथुम क्लबको सहभागिता जनाएका आयोजकले जनाएको छ।

प्रतियोगिताको विजयी टिमलाई नगद दुई लाख २० हजार २ सय २२ रुपैयाँ ट्रफी, मेडल प्रमाणपत्रले सम्मान गरिने छ भने उपविजेतालाई नगद एक लाख १० हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल प्रमाणपत्रले सम्मान गरिने प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ। 

हाङथुम क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यवसायीकरण गर्ने उद्देश्यले मादी –३ स्थित मुलखर्क स्थित खेलमैदानमा सुरु भएको प्रतियोगिता माघ  २६ सम्म सञ्चालन हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.