क्यान्सरको प्रारम्भिक पहिचान र उपचारमा ध्यान

क्यान्सरको प्रारम्भिक पहिचान र उपचारमा ध्यान

विश्वभर फेब्रुअरी ४ मा क्यान्सरविरुद्धको दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरिन्छ । क्यान्सर, एक यस्तो गम्भीर रोग हो जसले हरेक वर्ष लाखौं मानिसको जीवन लिन्छ । प्रत्येक वर्ष नेपालमा १ लाख जनसंख्यामा एक सयदेखि १ सय २० जना नयाँ क्यान्सरका रोगी थपिन्छन् । देशमा अहिले क्यान्सरका लगभग ६० हजार रोगी छन् । क्यान्सरको प्रकोप अब केवल एक स्वास्थ्य चुनौतीमात्र होइन, सामाजिक र मानसिक दृष्टिकोणबाट पनि ठूलो समस्या हो । स्तन क्यान्सर, मुखको क्यान्सर, फोक्सोको क्यान्सर र ग्यास्ट्रिक, क्यान्सरजस्ता रोगहरू मुख्य गरी नेपालीका समस्या हुन् । क्यान्सरका कारण हाम्रो समाजका सबै वर्ग र उमेरका व्यक्तिहरू प्रभावित छन् । 

क्यान्सरको उपचारका लागि नेपालमा केही अस्पतालहरू त छन् तर सबैका लागि पहुँचयोग्य र नजिक छैनन् । काठमाडौं, चितवनलगायत सहरी क्षेत्रमा क्यान्सर उपचारका धेरै विकल्पहरू छन्, तर ग्रामीण क्षेत्रका मानिसहरूलाई अझै पनि समयमै उपचार प्राप्त गर्न कठिनाइ छ । क्यान्सरको उपचार महँगो छ । जसका कारण धेरैको घरबारससमेत उठेको छ । बिरामी निको पनि नहुने र खर्च गर्दा गर्दा जायजेथा सक्नुपर्ने बाध्यतामा धेरै नेपाली छन् । 

क्यान्सर कसलाई र कतिबेला लाग्छ भन्न पनि कठिन छ । तर चिकित्सा विज्ञानले रोकथाम र समयमै पहिचान गर्नका लागि जे जति उपाय निकालेको छ, त्यसबारे पनि धेरैलाई जानकारी छैन । तसर्थ रोकथामका लागि जनचेतना अभियान आवश्यक छ । कतिपय अवस्थामा मानिसको खानपान र जीवनशैली क्यान्सरको कारण बनेको हुन्छ । तसर्थ क्यान्सर नलाग्ने गरी खानपान गर्न र जीवनशैली अपनाउन सबैलाई प्रेरित गर्नु आवश्यक छ । क्यान्सर लागि हाले पनि बेलैमा उपचार सुरु गर्दा निको हुन्छ । तसर्थ ढिला नगरी उपचारतिर लाग्नुपर्छ भन्ने चेतना पनि सबैलाई दिनु आवश्यक छ । प्रत्येक व्यक्तिको स्वास्थ्यको पहिलो जिम्मेवारी उसैको हो, त्यसपछिमात्रै राज्यको । तसर्थ प्रत्येक व्यक्ति नै पहिला सजग र सतर्क रहन सके घातक क्यान्सरको पञ्जाबाट मुक्ति मिल्न सक्छ । विशेषगरी महिलाहरूको स्तन क्यान्सर र गर्भाशय क्यान्सरको रोकथाम र उपचारका लागि स्क्रिनिङ परीक्षणहरूको महŒव अत्यधिक छ । त्योचाहिँ राज्यको जिम्मेवारी हो । क्यान्सरको प्रारम्भिक पहिचान र उपचारमा ध्यान दिने अभियानलाई घनीभूत रूपमा सञ्चालन गरिनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.