क्यान्सर लाग्नै नदिउँ

क्यान्सर लाग्नै नदिउँ

विश्व क्यान्सर दिवस हरेक वर्ष फेब्रुअरी ४ मा मनाइन्छ। यो दिवस सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्धको विश्व सम्मेलनका अवसरमा पहिलो पटक मनाइएको थियो। यस दिनमा विशेषगरी क्यान्सरका विरुद्ध जनचेतना फैलाउने, यसबाट हुने समस्याका बारेमा छलफल गर्ने र समाधानका उपायहरू खोज्ने लक्ष्य राखिन्छ। 

नेपालमा पहिलो पटक विश्व क्यान्सर दिवस नेपाल अर्बुद रोग निवारण संस्थाको नेतृत्वमा सन् २००१ बाट औपचारिक रूपमा मनाउन थालिएको हो। यस संस्थाले क्यान्सर रोकथाम र नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम, उपचारात्मक र उपचारमा सहयोग, र सरकारसँग सहकार्य गर्दै आएको छ।

नेपालमा क्यान्सरका बिरामीहरूको संख्या दिनदिनै बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, हरेक वर्ष करिब ३० हजार नयाँ क्यान्सरका बिरामी दर्ता हुने गरेका छन्। यसमध्ये धूम्रपान, मादक पदार्थ सेवन, जंगफुड, असन्तुलित खानपान र जीवनशैलीसँग सम्बन्धित कारणहरूले क्यान्सरको जोखिम बढाएको पाइन्छ। विशेषगरी महिलाहरूलाई स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पुरुषहरूमा फोक्सो क्यान्सर, पेटको क्यान्सर र मुख गिजाको क्यान्सरका बिरामी बढी पाइएको छ। क्यान्सर उपचारको खर्च उच्च, महँगो भएकाले धेरै बिरामीहरूले समयमै उपचार गर्न सक्दैनन्। जसले गर्दा मृत्युदर पनि उच्च रहेको छ।

एचपीभी खोप लगाऔँ

यस वर्षको विश्व क्यान्सर दिवसको दिन सोही अवसरमा नेपाल सरकारले किशोरीहरूलाई मानव प्यापिलोमा भाइरस खोप दिन सुरु गरेको छ। यो खोपले पाठेघरको मुखको क्यान्सर रोक्न महत्वपूर्ण भूमिका खेल्छ। पाठेघरको मुखको क्यान्सर नेपालमा महिलामा हुने प्रमुख क्यान्सर हो, जसले हरेक वर्ष धेरैको ज्यान लिइरहेको छ। एचपीभी खोप मुख्यतः ९ देखि १४ वर्षका किशोरीहरूलाई दिइन्छ। यो खोपले शरीरलाई एचपीभी भाइरसबाट हुने संक्रमणबाट जोगाउँछ, जुन पाठेघरको क्यान्सरको मुख्य कारण हो। यो खोप निःशुल्क प्रदान गर्नु राज्यको ऐतिहासिक कदम हो। यसबाट भविष्यमा पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउनेको संख्या उल्लेखनीय रूपमा कम हुनेछ।

क्यान्सर दिवसको महत्व

यस वर्षको विश्व क्यान्सर दिवसको नारा पृथकतामा एकताबद्ध (युनाइटेड बाई युनिक)ले क्यान्सरविरुद्धको लडाइँमा विविधताको महŒवलाई उजागर गरेको छ। यो नाराले प्रत्येक व्यक्ति, समुदाय र देशका विशिष्ट विशेषताहरूलाई मान्यता दिँदै तिनै अद्वितीयताबाट एकताबद्ध भएर काम गर्न प्रेरित गर्दछ। पृथकतामा एकताबद्ध भन्ने यो सन्देशले सबैलाई क्यान्सरविरुद्ध एकजुट भएर कार्य गर्न प्रेरित गर्दै मानवताको भावनालाई अझ मजबुत बनाउँछ। नेपालजस्तो देशमा आर्थिक, सामाजिक, र भौगोलिक असमानताका कारण धेरै क्यान्सर बिरामीहरू उपचारको पहुँचबाहिर छन्। यस्तो अवस्थामा सरकारले एचपीभी खोप प्रदान गर्नु एक सकारात्मक उदाहरण हो। यो विश्व क्यान्सर दिवसले क्यान्सर रोकथाम र उपचारमा व्यक्तिगत, संस्थागत र सरकारी तहमा ठोस कदम चाल्न प्रेरित गर्दछ।

क्यान्सर रोकथामका उपायहरू अपनाउनु सबैभन्दा ठूलो बुद्धिमानी हो। क्यान्सर हुनै नदिनको लागि स्वस्थ जीवनशैली अपनाउनु पर्छ। त्यस्तै, सन्तुलित भोजन र नियमित व्यायाम गर्ने, नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ। धूमपान र मादक पदार्थ सेवन गर्नु हुँदैन। एचपीभीको खोप र हेपाटाइटिस बीको खोप समयमै लगाउनु पर्छ। नेपालमा क्यान्सर रोगको बढ्दो चुनौतीलाई ध्यानमा राख्दै सरकारले पाठेघरको मुखको क्यान्सर रोक्न सुरु गरेको एचपीभी खोप अभियान अत्यन्तै सराह्रनीय छ। यस कदमले नेपाललाई क्यान्सरमुक्त समाज निर्माणतर्फ उन्मुख गराउने विश्वास गर्न सकिन्छ। हामी सबैले क्यान्सरको उपचारभन्दा रोकथाममा ध्यान दिनु आवश्यक छ। 

श्रेष्ठ, नेपाल अर्बुद रोग निवारण संस्थाका निवर्तमान अध्यक्ष हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.