बेलायतकी राजकुमारी काठमाडौंमा, राजकुमार आउँदै

काठमाडौं : बेलायतकी राजकुमारी सोफी काठमाडौं आइपुगेका छिन्। उनी केहीबेरअघि कतार एयरको उडान नम्बर क्यूआर ६५२ बाट काठमाडौं आइपुगेकी हुन्।
उनका श्रीमान राजकुमार एडवार्ड एयर इण्डियाको जहाजबाट दिउँसो २ बजे काठमाडौं आउँदैछन्। उनीहरूसँग ११ जनाको टोली काठमाडौंमा हुनेछ।
राजकुमारीसँग सातजनाको टोलि काठमाडौं आइपुगेको छ भने राजकुमारसँग थप चारजनाको टोलि आउनेछ। नेपाल बसाइका क्रममा उनीहरूले उच्चस्तरीय भेटघाट गर्ने जनाइएको छ।
उनीहरूको नेपाल भ्रमण युवा सशक्तिकरण, स्वास्थ्य सेवा, महिला अधिकार र संरक्षणमा केन्द्रित हुनेछ।
प्रतिक्रिया दिनुहोस !
