एक तोला सुनको मूल्य १ लाख ६४ हजार नाघ्यो

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ९ सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार ७०० रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार प्रतितोला चाँदी १९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार एक तोला चाँदीको मूल्य १ हजार ८९५ रुपैयाँ कायम थियो।
प्रतिक्रिया दिनुहोस !
