मध्यपहाडी लोकमार्ग : १० वर्षदेखि म्याद मात्र थपियो, काम अघि बढेन

मध्यपहाडी लोकमार्ग : १० वर्षदेखि म्याद मात्र थपियो, काम अघि बढेन

गोरखा : ठेकेदारको चरम लापरबाहीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत मध्यपहाडी लोकमार्गको गोरखा खण्ड विगत १० वर्षदेखि म्याद थप्ने काममात्र भइरहेको छ। पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत ओख्ले–घ्याम्पेशाल–निवेल खण्ड र मसानेठाँटी–पालुङटार खण्डको कामको प्रगति छैन म्याद मात्रै थपिएको हो।

२०७२ माघमा ठेक्का सम्झौता भएर काम अघि बढेको ओख्ले–घ्याम्पेसाल–निवेल खण्डको हालसम्म ८८ प्रतिशत मात्र भौतिक प्रगति छ। १६ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता भए पनि काम अघि बढेको छैन। मध्यपहाडी लोकमार्गको गोरखास्थित कार्यालयका अनुसार एमपीएफटीएफ, ईसीसी जेभी निर्माण कम्पनीले २०७५ भित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो।

भ्याटसहित ३५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त योजनाको काम म्याद थपिने मात्रै भइरहेको मध्यपहाडी लोकमार्ग योजना कार्यालय पालुङटारका इन्जिनियर गोबिन्द श्रेष्ठले बताए।  ‘पछिल्लो म्याद थपको अवधि पनि यही पुस मसान्तमा समाप्त भइसक्यो तर काम भने सम्पन्न भएको छैन’, श्रेष्ठले भने, ‘हामीले ठेकेदारलाई छिटोभन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिएका छौं।’ अर्को खण्ड मसानेठाँटीदेखि पालुङटारसम्मको १५.८ किलोमिटर सडक कालोपत्रे गर्न हिमजुङ प्यासेफिक जेभीले २०७७ असारमा ठेक्का सम्झौता भएको थियो। दुईवर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको सो योजनाको हालसम्मको भौतिक प्रगति ५० प्रतिशत मात्र छ।  हिमजुङ प्यासेफिक जेभीसँग ५५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको योजनाको पछिल्लो पटकको थप भएको म्याद यही चैत मसान्तभित्र सकिँदै छ। तर कामले भने गति नलिएको कार्यालयले जनाएको छ।

‘पटक–पटक म्याद थप गर्दै काम अघि बढाउँदै गरेको छ’, श्रेष्ठले भने, ‘यसअघि यो खण्डमा जंगल क्षेत्र र रुखहरू पर्ने भएकाले वन कार्यालयले अवरोध गरेको थियो। अहिले अवरोध फुकिसकेको छ तर, काम अघि बढेको छैन।’ दुवै कम्पनीलाई पटक–पटक पत्रचार गरेर छिटो योजना सम्पन्न गर्न निर्देशनसमेत दिइएको उनले जानकारी गराए। कार्यालयले यो दुवै ठेक्कालाई ‘क्रोनिक ठेक्का’ को सूचीमा राखेको छ। लामो समयसम्म काम नहुँदा यी खण्डमा काम सम्पन्न भएका छैनन्। ठेकेदारको लापरवाही कारण समस्या भएको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.