सेयर बजारमा दोहोरो अंकको गिरावट,कारोबार रकम ८ अर्बमा झर्‍यो

सेयर बजारमा दोहोरो अंकको गिरावट,कारोबार रकम ८ अर्बमा झर्‍यो

काठमाडौं : सेयर कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ विन्दुमा पुगेको  छ। सेन्सेटिभ इण्डेक्स पनि २.४९ अंकले घटेर ४५७.१२ विन्दुमा पुगेको छ।

नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। यसदिन ८ अर्ब बराबरको सेयर कारोबार भएको छ। सोमबार ११ अर्ब ८७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। त्यसअघि साताको पहिलो कारोबार दिन १२ अर्ब बढिको सेयर कारोबार भएको थियो।

आज  ३१५ स्क्रिप्सको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर ८ अर्ब ९१ करोड ९६ लाख  ९७ हजार ७७५ रुपैयाँमा खरिदबिक्री भए।

नेप्से घट्दा आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किटल लेभलमा कारोबार हुन सकेन। जोशी हाइड्रोपावरको सेयर सर्वाधिक ९.९८ प्रतिशतले बढ्यो। सामुदायिक  लघुवित्त वित्तीय संस्थाको ८.३०,मध्य भोटेकोश जलविद्युतको ८.२५,न्यादी हाइड्रोपावरको ८.१९ र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर ८.१२ प्रतिशतले बढ्यो। करिब ४ कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कर्पोरेट डेभलपमेन्ट बैंक,ग्रीन डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले घटदा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ९.९९ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

नेपाल रिइन्स्योरेन्स कम्पनीको २६ करोड,हिमालयन उर्जा विकास कम्पनीको २५ करोड,हिमालयन रिइन्स्योरेन्सको २१ करोड र पिपुल्स हाइड्रोपावरको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ७१ स्टक्सको मूल्य बढ्द १६२ वटाको घटयो। बाँकी ९० स्टक्सको मूल्य स्थिर रह्यो। दुई समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक देखिएका छन्।  डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक २ प्रतिशतले घट्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.