नेपालको अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमति

नेपालको अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमति

काठमाडौं : नेपालको अटोमोबाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएबीच सहमति भएको छ। 

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरु बीच नेपालको अटोमोबाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने सहमति भएको हो। 

१.    त्यसका लागि आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम, र रोजगारीका लागि अवसरहरू सिर्जनागरी आवश्यक सुधार समेत गर्ने। 

२.    दुवै संस्थाहरुले नेपालको अटोमोबाइल उद्योगहरुको वृद्धिका लागि नविनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने। र
३.    यस्तो पारस्परिक सहकार्य मार्फत उद्योगको आवश्यकताहरु र कर्मचारीहरुको क्षमता बीचको खाडल पूरा गर्ने।
४.    लेवल एक बाट तालिमको शुरुआत गर्ने र क्रमसः लेवेल दुईमा जाने।     
५.    आवश्यकता अनुसार पाठयक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिएण्टेशन दिलाउने। 
६    तालिम र पाठयक्रम निर्माणका लागि एनएभिटीले एनएडिएसंग सहमतीगरी (एमओयु) अघि बढने। 

छलफलमा नाडाकातर्फबाट अध्यक्ष करणकुमार चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ र महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको उपस्थित थियो। दुई निकायहरु बीच भएको यस्तो ऐतिहासिक पारस्परिक सहमतीले अटोमोबाइल क्षेत्रमा योग्य र सक्षम श्रमिकहरुको आपूर्तिमा निरन्तरता र सहजता आउने अपेक्षा समेत राखिएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.