रामेछापको लिखुभुजी हाङथुम कपको सेमिफाइनलमा

सङ्खुवासभा : संखुवासभाको मुलखर्कमा जारी ४६ औ हाङथुम क्लबको सेमीफाइनलमा आयोजकलाई हराउँदै रामेछापको लिखुभुजी युथ प्रवेश गरेको छ।
मंगलबार भएको खेलमा आयोजक हाङथुम क्लबलाई १-० गोलले हराउँदै रामेछाप सेमिफाइनलमा प्रवेश गरेको हो। दोस्रो हाफको ३५ औ मिनेटमा रामेछापका करण खड्काले गोल गरेका थिए। खड्काले गरेको निर्णायक गोलले रामेछापलाई सेमिफाइनलको यात्रामा पुर्याएको हो। आयोजकले प्राप्त गरेको अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु पर्यो।
बुधवार झापाको चुलाचुली स्पोटिङ क्लब र संखुवासभाको एड्भान्स क्लब बीच तेस्रो खेल हुनेछ। प्रतियोगिताका विजेताले २ लाख २० हजार २ सय रुपैयाँ र उपविजेताले १ लाख १० हजार १ सय रुपैयाँ पाउनेछन्। प्रतियोगितामा झापा, धनकुटा, सुनसरी, रामेछाप र संखुवासभाका गरी ८ टिम सहभागी छन्।
प्रतिक्रिया दिनुहोस !
