दुई थान भरुवा बन्दुकसहित तीन जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित तीन जना पक्राउ

धनगढी: प्रहरीले धनगढी उपमहानगरपालिका–१८ एफगाउँबाट आज भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली छन्। 

भारतको लखिमपुरखिरी नउसर बस्ने ३२ वर्षीय रियासत अली, सोही ठाउँका ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका–१९ का ३९ वर्षीय गुरूप्रसाद चौधरीलाई भरूवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले बताए।
 

उनीहरूको साथबाट दुई थान भरुवा बन्दुक र एक थान चक्कु बरामद गरिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी, टीकापुर र भजनी क्षेत्रबाट भन्सार छली गरेर ल्याउँदै गरिएको आठ लाख २३ हजार ३० रुपैयाँ मूल्य बराबरको मालसामान बेवारिसे अवस्थामा बरामद गरेको छ।  

सीमापारि भारतीय क्षेत्रबाट ल्याउँदै गरिएको अवस्थामा बरामद गरिएका सामानमा आइफोन र त्यसको कभर, डाटा केबल, राँगा, गोरू र डन्लप रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.