स्वीडेनको एजुकेसन सेन्टरमा गोलीबारी, १० जनाको मृत्यु

स्वीडेनको एजुकेसन सेन्टरमा गोलीबारी, १० जनाको मृत्यु

स्टकहोम : स्वीडेनको एक एजुकेसन सेन्टरमा भएको गोलीबारीमा दश जनाको मृत्यु भएको छ। आक्रमणमा एक जना गम्भीर घाइते भएका छन्। राजधानी स्टकहोमबाट २०० किलोमिटर पश्चिममा रहेको ओरेब्रो शहरको रिसबर्गस्का स्कूलमा स्थानीय समयअनुसार मंगलबार दिउँसो १ बजे गोलीबारी भएको थियो। 

अधिकांश विद्यार्थी विद्यालयमा उपस्थित भएको बेला उक्त घटना भएको जनाइएको छ।

स्विडेनी प्रहरीले मृतकहरूको पहिचान गरिरहेको र घाइतेको संख्या बढ्ने सम्भावना रहेको जनाएको छ। प्रहरीले मृतकमध्ये एकजना आक्रमणकारी पनि हुनसक्ने उल्लेख गरेको छ।

हालसम्म खतरा नटरेकोले मानिसलाई त्यस क्षेत्रबाट टाढा बस्न सल्लाह दिइएको छ। धेरै स्थानीय मिडिया रिपोर्टहरूमा आक्रमणकारी सिरियाली मूलको भएको बताइएको छ। यद्यपि यसको आधिकारिक घोषणा भने गरिएको छैन।

यस वर्ष जनवरीमा स्वीडेनमा ३१ स्थानमा विस्फोट भएका थिए। कुरान जलाएर विश्वभर चर्चामा आएकी सलवान मोमिकाको पनि हत्या गरिएको थियो। यस हत्यामा विदेशी सम्बन्धको अनुसन्धान भइरहेको छ।

रोयटर्सको रिपोर्ट अनुसार डिसेम्बर २०२४ मा स्वीडेनमा ४० जनाको गोली हानी हत्या गरिएको थियो। स्वीडेनमा भएको हिंसाको पछाडि मध्यपूर्व र बाल्कन देशका मुस्लिम आप्रवासीहरू संलग्न हुनसक्ने विज्ञहरूको भनाइ छ। युरोपमा बन्दुकबाट हुने मृत्युको सन्दर्भमा अल्बानिया र मोन्टेनेग्रो पछि स्वीडेन पर्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.