नेपाली महिला क्रिकेटको कोसेढुङ्गा ग्लोबल क्वालिफायर्स

नेपाली महिला क्रिकेटको कोसेढुङ्गा ग्लोबल क्वालिफायर्स
सुन्नुहोस्

काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले आइसिसी टी–२० विश्वकपको ग्लोबल क्वालिफायर्स घरेलु मैदानमा खेल्दैछ। नेपालमा पहिलो पटक आइसीसीको आयोजनामा हुन लागेको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गर्न लागिएको हो।

नेपालका लागि मात्रै नभएर नेपाली महिला क्रिकेट टोलीको लागि यो सबैभन्दा खास पल हो। नेपाली महिला क्रिकेट टोली घरेलु मैदानमा छनोट चरण पार गरी पहिलो पटक विश्वकप खेल्न चाहन्छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार ऐतिहासिक खेलअघि प्रीम्याच प्रेस कन्फ्रेन्स राखेको थियो। प्रिम्याचमा नेपालकी कप्तान इन्दु वर्माले ग्लोबल क्वालिफायर्स घरेलु मैदानमा आयोजना हुने हुँदा यो नेपाली महिला क्रिकेटका लागि कोसेढुङ्गा बन्ने बताइन्। उनले भनिन्,‘१८ वर्षपछि हामीले यति ठूलो प्रतियोगिता खेलिरहेका छौँ। यसले हाम्रो पुस्ता र आगामी आउने पुस्तालाई पनि महिला क्रिकेटमा बढ्दो सम्भावना पैलाउने अवसर हुनेछ।’

सन् २००७ यता महिला क्रिकेटले नेपाललाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेलिरहेको छ। तर हालसम्म पनि नेपालले सधैँ छनोटको पहिलो चरणबाट नै बाहिरिने गर्दथ्यो। पहिलो पटक नेपालले ग्लोबल क्वालिफायर्समा छनोट भएको हो। गत जेठमा भएको एससी एसियन क्षेत्र छनोट चरण पार गर्दै नेपालले ग्लोबल क्वालिफायर्स स्थान बनाएको थियो। यसैको फलस्वरूप नेपालले घरेलु मैदानमा ग्लोबल क्वालिफायर्सको खेल खेल्दैछ। यो प्रतियोगिताले नेपाली महिला क्रिकेटलाई एउटा ठूलो प्लेटफर्म दिएको कप्तान बर्माले बताइन्। उनले भनिन्,‘हामीले धेरै मेहनत गरेर यहाँसम्म आइपुगेका हौँ। हामी एकदमै उत्साहित छौँ। ठूला टिमहरूसँग खेल्ने मौका पाइरहेका छौँ। अगाडिको अभ्यास खेलहरूले राम्रो तयारी भएको छ।’

नेपालकी कप्तान इन्दुले यो प्रतियोगितामा नेपाली टोलीले सकारात्मक नतिजा ल्याउनेमा आफू आशावादी रहेको बताइन्। उनले भनिन्,‘वार्म अप खेलहरूबाट हामीले विपक्षबाट कसरी खेललाई खोसेर लैजाने भन्ने कुराहरू सिकेका छौँ। हामीले होम ग्राउन्डमा राम्रो गर्नेछौँ भन्ने आशा छ। यसको फाइदा लिन सक्छौ भन्ने आशा छ। त्यसैले म सहित सबै टिम एकदमै उत्साहित छौँ।’

इन्दुले आफूहरूले पछिल्लो केही समय यता राम्रो क्रिकेट खेलिरहेको बताइन्। उनले भनिन्,‘हामीले केही समय यता राम्रो क्रिकेट खेलिरहेका छौँ। घरेलु मैदानमा हामीले आगामी दिनमा पनि राम्रो क्रिकेट खेलेर अघि बढ्नेछौँ।’

नेपालले पहिलो खेलमा थाइल्याण्डको सामना गर्दैछ। नेपाल र थाइल्याण्डले आइतबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा ग्लोबल क्वालिफायर्सको पहिलो खेल खेल्दैछन् ।

गतवर्ष मात्रै नेपाल आएर त्रिदेशीय शृङ्खला खेलेको थाइल्याण्डलाई त्रिवि मैदान नयाँ होइन। थाइल्याण्डले नेपाल र नेदरल्यान्ड सम्मिलित शृङ्खला खेल्न नेपाल आएको थियो र उक्त शृङ्खला जित्दै सुखद नतिजासहित नेपालबाट बिदा भएको थियो। यसपटक पनि थाइल्याण्ड नेपालबाट सकारात्मक नतिजा बोकेर घर फर्कन चाहन्छ। थाइल्याण्डकी कप्तान नारुइमोल चाइवाई गतवर्ष भन्दा केही फरकपन पाएको बताउँछिन्। उनले भनिन्,‘हामीले गतवर्ष पनि यहाँ आएर सिरिज खेलेका थियौँ। तर गत वर्षभन्दा यो वर्ष केही फरक छ।’

उनले यही कुरामा जोड्दै भनिन्,‘तर हामी जेका लागि यहाँ आएका हौँ, त्यसैको लागि फोकस हुनेछौं।’ गतवर्षभन्दा के आधारमा फरक छ भनेर गरेको पत्रकारको प्रश्नमा थाइल्याण्डकी कप्तानले उत्तर दिँदै भनिन्, ‘यो पटक स्टेडियम फरक छ। यो पटक फ्यानहरू पनि आउनेछन्, त्यही कुरा फरक हुनेछ। त्यो बाहेक धेरै कुरा परिवर्तन छैन।’

अन्य कप्तानहरूले पनि आफ्नो तयारीका बारेमा बोलेका थिए। सबैले तयारी राम्रो रहेको बताएका थिए। उनीहरूले नेपालमा आएर अभ्यास खेल खेल्न पाउँदा त्यसले प्रतियोगिता अगाडि राम्रो तयारी भएको बताए।

यस प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा बङ्गलादेश, आयरल्याण्ड, नामिबिया, पपुवान्युगिनी र अमेरिका रहेका छन्। त्यस्तै समूह ‘बी’मा घरेलु टोली नेपालसँगै थाइल्याण्ड, स्कटल्यान्ड, नेदरल्यान्ड र जिम्बाब्वे  छन्। समूह चरणको खेलपछि दुवै समूहबाट शीर्ष तीन टोली सुपरसिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सको खेलपछि शीर्ष चारमा रहने टोलीले विश्वकप खेल्नेछन्।

टी–२० विश्वकप ग्लोबल क्वालिफायर्स खेल्ने नेपालको टोली
इन्दू बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, राजमती ऐरी र मनिषा उपाध्याय।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.