२०८२ लाई फर्केर हेर्दा

राजनीति, झमेला र मुद्दा मामिलामा अल्झिएको नेपाली खेलकुद क्षेत्र

राजनीति, झमेला र मुद्दा मामिलामा अल्झिएको नेपाली खेलकुद क्षेत्र
फाइल तस्बिर

काठमाडौं : नेपाली पात्रोअनुसार वि.सं २०८२ को क्यालेन्डर सकिँदै गर्दा नेपाली खेलकुदले यो वर्ष धेरै खालको उतारचढाव भोग्यो। यो वर्ष ‘जेनजी मुभमेन्ट’ अगाडि र पछाडि गरेर नेपाली खेलकुदलाई दुई भाग लगाएर हेर्ने हो भने पनि ३ जना खेलकुद मन्त्री परिवर्तन भए। मन्त्री परिवर्तन भए पनि नेपाली खेलकुदको महोत्सव मानिने १०औं राष्ट्रिय खेलकुद आशै आशमा यो वर्ष भएन। 

खेलकुदका संघहरूभित्रको बेथितिको चाङ केलाउँदै गर्दा ठूला आम्दानी राख्ने एन्फा र क्यान सर्वाधिक चर्चामा रहे। खेलकुद परिषदमा दर्ता भएका ६१ संघमध्ये सबैभन्दा बढी सक्रिय यी दुई संघमध्ये क्यान सर्वाधिक सफल संघको रूपमा सावित गर्दैगर्दा एक अर्बमाथि बजेट भएको अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा पर्‍यो। 

त्यसबाहेक भलिबलमा खेलाडी पलायनको चरम देखियो। कराँतेमा एरिका गुरुङले अन्तर्राष्ट्रिय जगतमा नेपालको झन्डा लहराइरहिन्। २०८२ मा नेपालका लागि एरिकाको प्रदर्शनले चर्चा कमायो। वर्षैभरि अन्तर्राष्ट्रिय प्रतियोगिता र पदकसँगै उनले वर्ष मेडलमय बनाइन्। यो वर्षको अन्त्य गर्दैगर्दा एरिकाले नेपाललाई रजत दिँदै बिदा गरिन्। कराते वान प्रिमियर लिगमा रजत पदक जित्दै एरिकाले वर्षको अन्तिमसम्म पनि आफ्नो लय कायम राखिन्।              

एन्फामा विवादै विवाद
नेपाली फुटबलको यो वर्ष उभो गति भएन। गिजलिएको राजनीतिक झमेला, अदालत र मुद्दाको चक्करमा फसेको कार्यकाल त्यस्तै मैदानमा कम देखिएको फुटबल गतिविधि यहीसँगै बित्यो नेपाली फुटबलको २०८२ साल। पंकज विक्रम नेम्वाङ अध्यक्ष भएर एन्फाको कार्यकाल सम्हाल्दै गर्दा उनी कार्यालय पस्नु अगाडि नै मुद्दा मामिलाको चक्करमा पसे। उनी लगायत उनको कार्यसमितिमा रहेका सदस्यहरू विवादमा तानिए। उपाध्यक्ष दिपक लामाको विवाददेखि सुरु भएको एन्फाको चक्रब्यहु लम्बिँदै भ्रष्टाचार, एन्फा महासचिव किरण राईको तलबसम्म पुग्यो। मैदानमा खेल गराउनुपर्ने एन्फा कुर्सीको खेलमै व्यस्त भयो। राजनीतिक झमेलामा गाँजिएको नेपाली फुटबल २०८२ को अन्त्यमा आइपुग्दा निलम्बनमा पर्‍यो।

ए डिभिजन लिगको माग गर्दै नेपाल फुटबल खेलाडी संघ एन्फामा विरोध र धर्नामा उत्रिए। यहाँसम्म कि खेलाडीले एन्फाको मुख्य कार्यलयमा तालाबन्दीसमेत गरे। खेलाडीलाई सामसुम पार्न राष्ट्रिय लिग आयोजना गरियो। सुरुवातदेखि नै विवादित बने पनि मैदानमा फुटबल फर्किएको थियो। यसमा विदेशी खेलाडी अनुबन्ध गर्दा क्लबहरूले श्रम स्वीकृति लिएनन्। यही विषयले गर्दा राखेपमा एन्फाको असन्तुष्ट पक्षले निवेदन पेस गरिरहेका थिए। त्यही विवादका बीचमा एन्फा महिला लिग सुरु भयो। महिला लिगको ४ खेल भयो अनि रोकियो।

खेलाडी अनुबन्धताको विषयबाट सुरु भएको विषयमा एन्फाले नेपालको कानुन बमोजिम काम गरेन। फलस्वरुप चैतको १२ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फालाई तीन महिनाको लागि निलम्बन गर्‍यो। तहगत गर्नुपर्ने निर्वाचन नगरी संघीय निर्वाचनमा गएको एन्फालाई बारम्बार राखेकोले प्रश्न गर्यो तर प्रश्नको उत्तर आएन। जसको फलस्वरूप राखेपले एन्फालाई निलम्बन गर्‍यो। निलम्बन भइसकेपछि फाट्टफुट्ट भइरहेको राष्ट्रिय लिग र महिला लिग पनि बन्द भयो। 

२०८२ सुरु हुँदा नेपाली फुटबलले माथिल्लो स्तरमा कुनै पनि प्रगति हात पार्न सकेन। उमेर समूहमा फाइनल, सेमिफाइनल हुँदै बाहिरिएको नेपाल सिनियर स्तरमा ठूलो उपलब्धि हात पार्न सकेन। नेपालमा हुने भनिएको एएफसी एसियन कप छनोटका खेलहरू पनि नेपालमा हुन सकेनन्। मैदानको विवाद राखेपसँगको टसलले गर्दा अन्तर्राष्ट्रिय फुटबल पनि राजनीतिमै सीमित भयो। 

वर्षको अन्त्यमा राखेको र एन्फाको विवाद यतिसम्म चर्कियो कि दुबैले एकअर्कालाई आरोप लगाउँदै दोहोरीमा फोहोरी राजनीति चलिरह्यो। दशरथ रंगशालामा हुनुपर्ने खेलहरू भएनन्। सिनियर महिला राष्ट्रिय टोलीले फिफा अन्तर्राष्ट्रिय सिरिज गुमाउनुपर्‍यो।
वर्ष अन्त्य हुँदै गर्दा नेपाली फुटबलमा गाँजिएको दलगत राजनीति, मैदान बाहिर भइरहेका चलखेल बन्द गरी मैदानमा खेल हुने अपेक्षासहित २०८३ सुरु गर्न चाहन्छ नेपाली फुटबल। 

क्रिकेटमा फलिफाप
वि.सं २०८२ मा नेपाली पुरुष क्रिकेट टिमले तेस्रोपटक टी-२० विश्वकप खेल्यो। भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना भएको टी-२० विश्वकपमा नेपालले तेस्रोपटक खेलेको थियो। तेस्रो विश्वकपको नेपालले तेस्रो जित दर्ता गर्‍यो।

nullसन् २०१४ मा टी-२० विश्वकपमा डेब्यु गरेको नेपालले नेपालले त्यसपछि दोस्रो पटक सन् २०२४ मा खेलेको विश्वकप खेलेको थियो। जसमा नेपाल जितविहीन रहेको थियो। सन्, २०१४ मा २ जित दर्ता गरेको नेपालले तेस्रो जित निकाल्न १२ वर्ष कुर्न पर्‍यो। यसपटकको विश्वकपमो नेपाल स्कटल्यान्डलाई पराजित गर्दै तेस्रो विश्वकपमा तेस्रो जित दर्ता गरेको हो।

नेपाल समूह सीमा रहेर तेस्रोपटक विश्वकप खेल्यो। जसमा इङ्ग्ल्यान्ड र वेस्ट इण्डिज जस्ता महारथी टोलीहरू सम्मिलित थिए। नेपालले खेलेको समूह सीमा स्कटल्यान्ड र इटाली पनि थिए। नेपालले समूहचरणको पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भयो। दोस्रो खेलमा अप्रत्यासित रुपमा इटालीसँग १० विकेटले पराजित भयो। तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको नेपालले समूहचरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै सुखद अन्त्य गर्‍यो। 

त्यसअघि नेपाली पुरुष क्रिकेट टिमले युएईमा वेस्ट इन्डिजसँग ३ खेल सम्मेलित टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्यो। जसमा नेपालले सिरिज जित्दै टी-२० विश्वकपमा होमिएको थियो। यो वर्ष नेपाली क्रिकेटको लागि निकै उत्साहपूर्ण रह्यो। 

नेपाली महिला क्रिकेट टोलीले पहिलोपटक टी-२० विश्वकपको ग्लोबल क्वालिफायर्स खेल्यो। जुन नेपाली महिला टोलीको लागि निकै नयाँ थियो। घरेलु मैदानमा आयोजना भएको महिला क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता यही नै थियो। घरेलु मैदानमा नेपाली टोलीले एकमात्र खेलमा जित दर्ता गर्‍यो। 

नेपालमा ब्लाइन्ड क्रिकेट (दृष्टिविहीन क्रिकेट)मा पनि नेपाली महिला टोली निकै अगाडि रह्यो। नेपाली महिला दृष्टिविहीन क्रिकेट टोलीले विश्वकपमा नेपालको झण्डा फहरायो। पहिलोपटक आयोजना भएको दृष्टिविहीन महिला विश्वकपमा नेपालले फाइनलसम्मको यात्रा तय गरेर इतिहास रच्यो। गीता पौडेलको कप्तानीमा नेपाली टोलीले फाइनल खेल्यो। फाइनल खेलमा नेपाल भारतसँग पराजित बन्यो। फाइनलअघि नेपालले अस्ट्रेलिया, श्रीलंकाजस्ता टिमहरूलाई पनि हरायो। नेपाली दृष्टिविहीन महिला क्रिकेट टोलीले अमेरिकालाई ४ बलमै जित दर्ता गर्दै अर्को इतिहास रच्यो। 

फ्लडलाइटमा एनपीएल 
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण फ्लडलाइटमा भयो। त्रिबि क्रिकेट मैदानमा पहिलो पटक नेपाली समर्थकहरूले रात्रिकालीन क्रिकेटको मज्जा लिए। दोस्रो संस्करणको एनपीएलको उपाधि लुम्बिनी लायन्सले जित्यो। सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनीले पहिलो उपाधि आफ्नो नाममा गर्‍यो। 

पहिलो संस्करणभन्दा दोस्रो संस्करणको एनपीएल खास रह्यो। नेपाली दर्शकहरूले पहिलोपटक फ्लडलाइटमा नेपाली खेलाडी तथा विदेशी स्टार खेलाडी सम्मिलित फ्रेन्चाइज क्रिकेट हेरे। नेपालमा यसको उत्साह अर्कै रह्यो। दोस्रो संस्करणमा त्रिवी क्रिकेट मैदानले आफ्नो अनुहार पनि फेरेको थियो। घाँसे मैदानबाट प्याराफिट र फ्लड लाइट जडित त्रिवी मैदानमा बसेर दर्शकले दोस्रो संस्करणको एनपीएल हेरे।

जसको फलस्वरूप नेपाल क्रिकेट संघ क्यानले ४७ करोड ३६ लाखको आम्दानी हुँदा २१ करोड १६ लाख खर्च देखिएको छ। २५ करोड खुदनाफा क्यानले एनपीएलबाट जम्मा गर्‍यो। पहिलो संस्करणबाट क्यानले ७ करोड मात्रै नाफा जम्मा गरेको थियो। दोस्रो संस्करणमा तीन गुणा बढी आम्दानी क्यानले एनपीएलबाट गरेको हो।

पलायनको चपेटामा नेपाली भलिबल 
नेपालमा सर्वाधिक चर्चित खेलमध्ये एक खेल हो भलिबल। प्रदेश र जिल्लामा पनि निकै चर्चित मानिने भलिबल खेलाडी संकटको साँधमा छ। अनुभवी खेलाडीहरू विदेश पलायन हुँदा नयाँ आएका खेलाडीले उनीहरूको प्रतिस्थापन गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नमा हाल नेपाली भलिबल झुन्डिरहेको अवस्था छ। कप्तान अरुणा शाही संघको अनुमति बिना अस्ट्रेलिया पलायन भएको भन्दै संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले दिएको अभिव्यक्तिले हालः चर्चा पाइरहँदा राष्ट्रिय टिम भने रित्तिइ रहेको छ।

nullनेपालको राष्ट्रिय खेलका राष्ट्रिय टोलीका आधाभन्दा बढी खेलाडी हालः अस्ट्रेलियामा छन् भन्दा फरक पर्दैन। नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाहीदेखि राष्ट्रिय पुरुष टोलीका कप्तान मानबहादुर श्रेष्ठसम्म हालः अस्ट्रेलियामा छन्। राष्ट्रिय टोलीका आधाभन्दा बढी खेलाडी पलायन भए। राष्ट्रिय पुरुष टिमका कप्तान श्रेष्ठ, रविन चन्द, टेक राज अवस्थी, सफल विक हेमन्त मल्ल, विजय थापा, लोकेन्द्र गिरी अष्ट्रेलियामै छन्। लिग खेल्न गएका खेलाडी फर्केर नेपाल आउन चाहँदैनन्। महिलातर्फ पनि अरुणा शाही, कविता भट्ट, सरस्वती चौधरी, प्रतिभा माली, साफिया पुन र पुनम चन्द पनि अहिले त उतै छन्।
 
२०८२ मा नेपाली प्रतियोगिताहरू भने भलिबलमा भइरहेका छन्। भलिबलमा धेरै मोफसल र राष्ट्रिय प्रतियोगिताहरू भए। महिलाको फ्रेन्चाइज प्रतियोगिता एभ्रेष्ट महिला भलिबल लिग भयो। मोफसलका प्रतियोगितादेखि राष्ट्रिय लिगसम्म विभागीय टिमको दबदबा तोड्दै महिला तर्फ न्यू डाइमन्ड स्पोर्ट्स क्लब एकछत्र राज गरिरह्यो। पुरुषतर्फ हेल्प नेपाल भलिबल क्लबले विभागीयलाई चुनौती दिइरह्यो। यद्यपी यो क्लबमा विदेशी खेलाडीकै वर्चस्व रह्यो। 

यसैबीचमा २०८२ को मध्यतिर गण्डकी प्रदेश र राष्ट्रिय भलिबल संघबीच विवाद आयो। गण्डकी प्रदेशका खेलाडीहरू राष्ट्रिय टिममा समावेश नगरिएको विषयमा गण्डकी प्रदेशले राष्ट्रिय लिगमा सहभागिता जनाएन। 

अन्तर्राष्ट्रियतर्फ, नेपालको अन्तर्राष्ट्रिय सहभागिता सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले आयोजना गर्ने प्रतियोगितामै सीमित छ। यसवर्ष नेपालको पुरुष टिमले असोजमा बंगलादेशको ढाकामा भएको काभा पुरुष भलिबल कप खेलेको थियो। यसमा ६ टिममध्ये नेपाल पाँचौं भयो। 

महिलातर्फ काभा महिला भलिबल क्लबमा यस वर्ष नेपालले सहभागिता 
सबैभन्दा ठूलो चपेटा हाल राष्ट्रिय टिमले भोगिरहेको छ। अनुभवी खेलाडीहरू विदेश पलायन हुँदा राष्ट्रिय टिम अहिले महिला टिम काभामहिला नेसन्स लिगको तयारी गरिरहेको छ।

पटक-पटक फेरिए खेलकुद मन्त्री
नेपाली खेलकुदले २०८२ साल भित्र तीनवटा युवा तथा खेलकुद मन्त्री पायो। वर्षको सुरु तेजुलाल चौधरीको नेतृत्वमा सुरु भयो। भदौको जेन्जी आन्दोलन पश्चात उनीसँगै केपी ओली को सरकार पनि सकियो। जेन्जीको आन्दोलन पश्चात् सानो मन्त्रिमण्डल गठन भयो। सुशिला कार्कीको मन्त्रीमण्डल विस्तार अन्तर्गत युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी बब्लु गुप्ताले पाए। ३ महिना उनले पनि नेपाली खेलकुदलाई नियाले तर केही उपलब्धि भने हात पारेनन्। तेजुलाल चौधरीले नेतृत्वले गर्न नसकेको कामहरू बग्लुले पनि हेर्दै फेर्दै ३ महिना बिताए।

null

चौधरीको नेतृत्वबाट नै अपेक्षा गरिएको दशौं राष्ट्रिय खेलकुद बब्लुले पनि गराउन सकेनन्। राजनीतिले थिलोथिलो भएको नेपाली खेलकुदमा आशा बोकेर हाल तेस्रो युवा तथा खेलकुद मन्त्रीको रुपमा सस्मित पोखरेल आएका छन्। उनले शिक्षा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय दुईवटा मन्त्रालय को जिम्मा पाएका छन्।

जेन्जी आन्दोलनको परिणाम स्वरूप नयाँ दल बनेर आएको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन हुँदै गर्दा यो सरकारले पनि युवा तथा खेलकुद मन्त्रालयलाई प्राथमिकतामा परेन। सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यक्रममा नेपाली खेलकुद परेन। यति मात्रै होइन यो सरकारले युवा तथा खेलकुद मन्त्रीको रुपमा अलग्गै मन्त्री दिएन शिक्षा र खेलकुदलाई एउटै मन्त्री दिएको छ। यसै त छायाँमा परेको खेलकुद र खेलकुदमा आउने बजेट अब झन् बाँडिएर आउने हो कि भन्ने डर पसेको छ। 

यसबीचमा संघहरूको नियमनकारी सरकारी पक्ष राखेपमा पनि सदस्य सचिव परिवर्तन भए। गत मंसिरमा टंकलाल घिसिङको कार्यकाल सकियो। त्यसपछि १ हप्ता सदस्यसचिवको पद रिक्त रह्यो। त्यसमा पदपुर्तिको लागि युवा तथा खेलकुद मन्त्रालयका सहसचिव रामचरित्र मेहताले सदस्य सचिवको जिम्मेवारी सम्हाले । राजनीतिक नियुक्ति हुने सदस्यसचिव पद हाल खेलकुद मन्त्रालयका कर्मचारीले सम्हालिरहेका छन्। उनले मंसिर ९ मा राखेपमा हाजिर लगाए। उनले नियमित काम मात्रै गरिरहेका छन्। सरकार परिवर्तन भएसँगै अब भने सरकारी पक्ष केही सक्रिय हुने अपेक्षा सहित २०८२ सकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.