फेरि मैदानमै ढले एरिक्सन

फेरि मैदानमै ढले एरिक्सन

एजेन्सी, डेनमार्क : डेनमार्कका अनुभवी मिडफिल्डर क्रिस्चियन एरिक्सन फेरि मैदानमै ढलेका छन्। उनी युक्रेनसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा आइतबार राति मैदानमा ढलेका हुन्। डेनिस फुटबल संघका अनुसार उनी खेल्दाखेल्दै अचेत भएर मैदानमा ढलेका थिए। अहिले भने उनको अवस्था सामान्य रहेको जनाइएको छ।

सन् २०२१ को युरोकपमा पनि उनी मैदानमै ढलेका थिए। फिनल्यान्डसँगको खेलमा हृदयघात भएपछि मैदानमा ढलेका उनको त्यतिबेला निकै चर्चा भएको थियो। उनको स्वास्थ्य अवस्थाका बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि निकै चासोका साथ समाचार संप्रेषण गरेका थिए। उनको शरीरमा ‘इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर’ उपकरण जडान गरिएको थियो।

चिकित्सकका अनुसार यसपटक सोही उपकरण (पेसमेकर) का कारण उनी छिट्टै होसमा आएका थिए। सन् २०२१ को हृदयघातपछि पनि एरिक्सनले फुटबलमा पुनरागमन गर्दै ब्रेन्टफोर्ड र म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेलेका थिए। हाल उनी जर्मन क्लब वुल्फ्सबर्गमा आबद्ध छन्।

एरिक्सनले यस सिजन क्लबबाट ३४ खेल खेलेका थिए। सोही उपकरणको सहायताले उनी पुनः व्यावसायिक फुटबलमा फर्किएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.