अभिषेक एसियाली  खेलकुदमा छनोट

अभिषेक एसियाली  खेलकुदमा छनोट
सुन्नुहोस्

काठमाडौं : नेपालका तेक्वान्दो खेलाडी अभिषेक बराल २०औं एसियाली खेलकुदमा छनोट भएका छन्। मंगोलियाको उलानबटारमा गत जेठ ५ देखि ११ गतेसम्म आयोजना भएको २७औं एसियाली ग्योरोगी तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका बराल अन्तर्राष्ट्रिय वरीयताका आधारमा एसियाली खेलकुदमा छनोट भएका हुन्। 

यसैगरी पारा तेक्वान्दोमा भने पलेसा गोवद्र्धन छनोट भएकी छन्। उनी के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि वरीयताका आधारमा छनोट भएकी हुन्। पलेसा विश्व वरीयताको १०औं स्थानमा छिन्।

अभिषेक पुरुष ८० केजीमुनिको तौल समूहमा उत्कृष्ट १६ मा पर्दै जापानको आइची र नागोया सहरमा आगामी सेप्टेम्बर १९ देखि सुरु हुने २०औं एसियाली खेलकुदमा छनोट भएका हुन्।

यस तौल समूहमा अभिषेकसँगै कम्बोडिया, दक्षिण कोरिया, चीन, भारत, साउदी अरेबिया, इन्डोनेसिया, चाइनिज ताइपेइ, इरान, ताजकिस्तान, जोर्डन, थाइल्यान्ड काजकिस्तान, उज्वेकिस्तान र जापानका खेलाडी छनोट भएका छन्। यस तौल समूहमा एसियन तेक्वान्दो युनियनको कोटामा एक खेलाडीले वाइल्ड कार्ड पाउने छन्। एसियाली खेलकुदमा अरु खेलाडीको पनि सहभागिताका लागि एसियन तेक्वान्दो युनियनसँग वाइल्ड कार्डका लागि अनुरोध गरिने नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जानकारी दिए। 

२०औं एसियाली खेलकुदको छनोट प्रतियोगितासमेत रहेको २७औं एसियाली ग्योरोगी तेक्वान्दो च्याम्पियनसिपमा नेपालका तीन पुरुष र चार महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा पुरुष ५८ केजीमुनि सुमित विष्ट, ६३ केजीमुनि साहिल सुनुवार र ८० केजीमुनि अभिषेक बरालले प्रतिस्पर्धा गरेका थिए। यस्तै महिला ४६ केजीमुनि सन्तोषी राई, ५३ केजीमुनि गीता कठायत, ५७ केजीमुनि सुभांगी श्रेष्ठ र ४९ केजीमुनि सोनिया गैरेले सहभागिता जनाएका थिए। 

अभिषेकले यसअघि सन् २०२३ मा चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा पनि सहभागिता जनाएका थिए। उनी पुरुष ८० केजीमुनिको तौल समूहको अन्तिम ३२ को खेलमा अफगानिस्तानका खेलाडीसँग पराजित भएका थिए। अभिषेकले विश्व तेक्वान्दोको वरीयता (जी–टु) प्रतियोगितामा रजत पदक जितेका थिए।

इन्डोनेसियाको राजधानी जार्कातामा सन् २०२४ अक्टोबरमा आयोजना भएको छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा उनले रजत पदक जितेका थिए। इन्डोनेसियाका खेलाडीसँगको फाइनलमा अन्तिम आठ सेकेन्ड सम्हालिन नसक्दा अभिषेकले रजत पदकमै चित्त बुझाएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.