संसदको ‘डेडलक’ फुकाउन हर्क साम्पाङले अघि सारे संकल्प प्रस्ताव

संसदको ‘डेडलक’ फुकाउन हर्क साम्पाङले अघि सारे संकल्प प्रस्ताव
सुन्नुहोस्

काठमाडौं : श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले संसदको ‘डेडलक’ फुकाउन संकल्प प्रस्ताव अघि सारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले संसद गाँठो परेको, प्रधानमन्त्रीलाई बोलाएको बोलाएकै गर्ने तर, उनी आउँदै आउँदिन भन्ने अवस्थामा पक्रेर बोकेर ल्याउने चलन नभएको बताए । उनले सभामुखले आउनु भन्दा पनि प्रधानमन्त्री संसदमा नआएको बताउँदै भने, ‘प्रधानमन्त्री कहिलेकाँही आउनु हुन्छ, आएर फेरि के भन्नु हुन्छ !’

त्यसले गर्दा आज आफूले एउटा संकल्प प्रस्ताव पेस गर्न चाहेको बताए । सांसद साम्पाङले संसदको नियमावलीको ७९ (१) को ग लाई टेकेर संकल्प प्रस्ताव अघि सारेका हुन् ।

उनले प्रतिनिधिसभाको आकस्मिक वैठक बसेका बेला प्रधानमन्त्रीले सभामा उठेका प्रश्नहरुको उत्तर दिने क्रममा नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ भन्ने राष्ट्रविरुद्धको अभिव्यक्तिलाई सभाको रेकर्डबाट हटाउने र प्रधानमन्त्रीको लिखत वक्तव्य समेत समावेश गरी आगामी दिनहरुमा यस्ता नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री र प्रतिनिधिसभाका सांसदहरु कोही कसैले यस्ता राष्ट्रघाती र तथ्यहिन अभिव्यक्ति कहिकतै नदिने, दिन नपाउने, राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सवालमा सत्ता प्रतिपक्ष नभनि देशको पक्षमा एकतावद्ध बन्नु पर्ने संकल्प प्रस्ताव अघि सारेका छन् । उनले सभामुखलाई संकल्प प्रस्ताव पेस गर्दै यसलाई पारित गर्दै संसदमा परेको गाँठो फुकाउनु पर्ने प्रस्ताव गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.