सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न
सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा यही जेठ २४ गते कुपण्डोलस्थित होटल हिमालयमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२” प्रदान गरियो।
सो सम्मान गायनतर्फ वरिष्ठ गायिका मीरा राणा र संगीततर्फ बरिष्ठ संगीतकार सि के रसाईलीलाई जनही नगद पुरस्कार रु १००,००१ सहित प्रदान गरिएको छ। नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी गायिका राणाले आफू क्यान्सर सर्भाइभर भएको भन्दै क्यान्सर समाजका लागि उक्त पुरस्कार रकम हस्तान्तरण गरेकी छिन्।
उनकै पहलमा क्यान्सर रोग लागेका कलाकारलाई सहयोग गर्न भन्दै हालै मात्रै क्यान्सर समाज स्थापना गरिएको राणाले बताइन्। कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ वरिष्ठ संगीतकार गितारवादक दीपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ।
५० हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा क्रियाशील स्वास्थ्योपचार गराइरहेका संगीतकर्मीलाई प्रदान गर्दै आएको छ। भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशीला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रूपमा यो सम्मान प्रदान गरेका थिए।
भक्तराज आचार्य संगीत प्रतिष्ठानले संगीत र कलाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १९ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस !